Friday, April 17, 2026

एभरेष्ट  इङ्लिस स्कूलको खेलकुद सप्ताह भव्यरूपमा उद्घाटन : 

संयम दैनिक
0 कमेन्टहरु
नेपालटारमा रहेको एभरेस्ट इङ्लिस बोर्डिङ्ग स्कूलले आफ्नै प्राङ्गणमा खेलकुद सप्ताह भव्य रुपमा उद्घाटन गरेको छ। स्कुलकै प्रिन्सिपल शालीन व्यक्तित्व नारायण पोख्रेलले  फागुन १ गते  बेलुन आकाशमा उडाएर उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरू खुसी र उत्साहित देखिन्थे। 
‘स्वस्थ जीवनका लागि खेलकुद’  मूल नाराका साथ एभरेस्ट इङ्लिस स्कुलले यो खेलकुद सप्ताह उद्घाटन गर्दै गर्दा  प्रिन्सिपल पोख्रेलले  गुणस्तरीय शिक्षाका साथै   अतिरिक्त क्रियाकलापमा पनि  स्कुललाई स्थापित र अब्बल बनाइसकेको  कुरा  हामीसँग बताउनु भएको थियो  । 
तारकेश्वरबासी  नारायण पोख्रेल प्रिन्सिपल भएपछि छोटो समयमा स्कुलले शैक्षिक फड्को मारेको , यही अवधीमा भूकम्प प्रतिरोधी १६ कोठे भवन  निर्माण भइरहेको ,जसलाई फागुन महिनाभित्रै सम्पन्न गरिने  बताइएको छ ।  प्रिन्सिपल पोख्रेलले  खेलकुदको विषयमा सोधेको एक प्रश्नको जवाफ दिँदै फुट्सल तथा बास्केटबल खेल मैदान समेत यही शैक्षिक सत्रभित्र पूरा हुने बताउनुभएको थियो। विद्यालयका शिक्षक हरिप्रसाद रेग्मीले सहजीकरण गरेको उक्त कार्यक्रममा भलिबल, बास्केटबल , टेवलटेनिसल ,फुट्सल ,एथलेटिक्स जस्ता विविध खेलहरुमा विद्यार्थीहरु   रुचि र क्षमता अनुसार प्रतिस्पर्धा गर्नेछन् ।  यही क्रममा प्रिन्सिपल पोख्रेलले पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई हौसला स्वरूप पुरस्कृत गरिने प्रष्ट पार्नुभएको थियो। प्रिन्सिपल पोख्रेलले यो खेलकुद सप्ताह फागुन १ देखि ५ गतेसम्म चलिरहने छ भन्नुभयो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00