Thursday, April 16, 2026

स्प्रिङ भ्याली र ज्ञानमन्दिर  प्रिक्वाटरफाइनलमा

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं, साउन २४ गते ।

स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रिक्वाटरफाइनल पुग्ने बाँकी १४ टिमको पनि टुंगो लागेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाएका छन् ।

प्रिक्वाटरफाइनल पुग्ने अन्य टिममा पिस प्वाइन्ट, ब्रम्हकुञ्ज, रिब्स, स्वेता सदन, बाल विकास, शुभकामना, सन्दिपनी ज्ञान मन्दिर, ह्वाइट हेभन, नोबेल, मनास्लु, एकलब्य, कौशल, एक्टिभ र गोकर्णेश्वर लाइट एकेडेमी रहेका छन् ।

banner

सुकेधारास्थित बागमती स्कुलमा भइरहेको प्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमको सहभागिता रहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


प्याब्सन काठमाडौं छात्र फुटसलमा प्रतिस्पर्धा गर्दै खेलाडी

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00