Friday, April 17, 2026

जितपुर माध्यमिक विद्यालयको ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस सांस्कृतिक रमाइलोका साथमा सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ ।
तारकेश्वर नगरपालिका –३ किसान्डोलस्थित जितपुर माध्यमिक विद्यालयद्वारा आफ्नो ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस विविध सांस्कृतिक -मनोरञ्जनात्मकका साथै सृजनात्मक कार्यक्रमका साथ सम्पन्न गरिएको छ।

चैत्र २ गते आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरी नृत्य, गीत, नाटक खेलकुद लगायत विभिन्न सांस्कृतिक प्रस्तुती गर्दै कार्यक्रमलाई रमाइलो बनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन रहनुभएको थियो भने , विशेष अतिथिहरुमा उपप्रमुख सिर्जना बुर्लाकोटी, तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकी , तारकेश्वर नगरपालिका भित्रका सामुदायिक / निजी छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, अभिभावक, शिक्षक -शिक्षिकाहरु, विद्यार्थी तथा स्थानीय समुदायको वाक्लो उपस्थिति रहेको थियो।

banner

 

प्रमुख अतिथि कृष्णहरि महर्जनले आफ्नो धारणा राख्दै , उहाँले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने संकल्प व्यक्त गर्दै पछिल्ला वर्षहरूमा तारकेश्वरका सामुदायिक विद्यालयहरूको नतिजामा सुधार आउँदा तारकेश्वरमा निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको प्रष्ट पार्नुभयो।

उहाँले आपनो मन्तव्यमा तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रमा पनि जिल्लामै अब्वल बन्दै गएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमका अवसरमा विद्यालयले वर्षभरिका, शैक्षिक ,खेलकुद, अनुशासन तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई हौसला स्वरूप सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।


लामो इतिहास बोकेको यो विद्यालयका प्रधानाध्यापक हरिकृष्ण अर्याललेआफ्नो मन्तव्य राख्दै, उपस्थित अभिभावक, पाहुना तथा विद्यार्थीहरूको माझ विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङ विषय पनि अध्यापन गराइँदै आएको समेत जानकारी दिनुभयो । उहाँले आफ्नो मन्तव्यमा आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामुदायिक विद्यालयहरूले यस्ता कार्यक्रमहरू बिरलै मनाउने गरेकोमा तारकेश्वर नगरपालिकाभित्रको जितपुर माध्यामिक सामुदायिक विद्यालयले पनि बालमैत्री तथा उल्लासमय वातावरणमा ६२औँ वार्षिक उत्सव तथा बाइसौँ अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ।


 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00