फाल्गुन २८ गते बिहानदेखि, नेपालटार – डाँडागाउँ सडकखण्ड कालोपत्र गरेपछि गाडीहरू आफ्नै रुटबाट चल्न थाले । नगरवासीलाई वर्खाको हिलो र जेठमासको घुलोबाट राहत हुने भएको छ । तारकेश्वर नगरको नेपालटारदेखि डाँडागाउँसम्मको सडक परियोजना पूरा हुनुपर्ने अवधीको एक महिना अगाडि नै पूरा भएको छ। यसबाट समयमै बाटो कालोपत्रको काम सम्पन्न भएकोमा नगरबासी खुशी भएका छन् । नेपालटारको गेटदेखि डाँडागाउँसम्म ६०० मिटर सडक कालोपत्र भएको हो ।
