Thursday, April 16, 2026

हिसान सेन्ट्रलको वास्केटबल  स्पर्धा सेमीफाइनल सृङ्खला  परिपूर्ण

संयम दैनिक
0 कमेन्टहरु

Pic: khel pana

काठमाडौँ ।

हिसान सेन्ट्रल अन्तरकलेज अन्तर्गतको बास्केटबल स्पर्धाको  सेमिफाइनल सृङ्खला पूर्ण भएको छ।

त्रिपुरेश्वको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा चलेको  प्रतिस्पर्धाभित्र ग्रिनफिल्ड, सिसिआरसीले, जेभियर इन्टरनेसनल कलेज, गोल्डेन गेट इन्टरनेसनल कलेजले अन्तिम चारको यात्रातिर अघि बढ्ने अवसर पाए।

banner

आयोजकले बताए अनुसार सेमीफाइनल र फाइनल खेलको बुधबार प्रतिस्पर्धा हुनेछ ।  सेमिफाइनको यो प्रतिस्पर्धामा ग्रिनफिल्डले जेभियर तथा सिसिआरसीले गोल्डेन गेटको कडा सामना गर्नु पर्ने छ ।

मंगलबारसम्मको क्वार्टरफाइनलमा ग्रिनफिल्डले वर्नहार्टलाई ६३-५१ ले हराएको अवश्थामा , जेभियरले हेराल्ड इन्टरनेसनल कलेजविरुद्ध ६९-३५ ले सहजै विजेता हुन सफल भयो। 

अर्कोतिर गोल्डेन गेटले काठमाडौं वर्ल्ड स्कुललाई ६७-४२ ले पराजित गरेको अवश्थामा सिसिआरसीले लालिगुँरास कलेजलाई ७२-४४ ले पछाडि पार्न सफल भयो। 
यो स्पर्धा बुधवार समापन हुने आयोजकले जानकारी दिएको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00