Friday, April 17, 2026

१४ औँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करिअर व्यवस्थापनको समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

साउथवेस्टन स्टेट  कलेजद्वारा आयोजित १४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करिअर व्यवस्थापन -२०२६  मा भएको  प्रतियागिताको समापन तथा पुरस्कार वितरण समारोह  नास्टका सचिव तथा वैज्ञानिक रविन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न गारिएको छ ।

साउथवेस्टन स्टेट कलेजका अध्यक्ष ई वासुदेव विष्टले सभापतित्व ग्रहण गरेको उक्त विज्ञान प्रदर्शनी तथा करिअर व्यवस्थापन – २०२६ को समापन तथा पुरस्कार वितरण कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै , सरिता प्रधान शाक्यले प्रमुख अतिथि लगायत कार्यक्रम सफल बनाउनका लागि प्रत्यक्ष – अप्रत्यक्ष सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो।

माघ २३ गतेको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै ,  नास्ट सचिव तथा वैज्ञानिक रविन्द्रप्रसाद ढकालले सबैले समाज रूपान्तरणको प्रयत्न नगरेको कारण देश विकास हुन नसकेको गुनासो गर्नुभएको थियो। प्रमुख अतिथि नास्ट – सचिव तथा वैज्ञानिक ढकालले विज्ञान र प्रविधिलाई समाजसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा पैसाभन्दा योजना महत्त्वपूर्ण हो भन्दै नास्टले विज्ञानको परीक्षणको लागि १० लाखसम्म अनुदान दिने काम गरिरहेको समेत जानकारी गराउनुभएको थियो ।  उहाँले विज्ञानको पक्षमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा विज्ञान र प्रविधिको विकास बिनाको शिक्षा प्रणाली र शिक्षकसमेत फेल हुन सक्ने विचार सार्वजनिक गर्नुभएको थियो।
मन्तव्य दिने क्रममा साउथवेस्टन स्टेट कलेजका क्याम्पस प्रमुख डा . राजेन्द्र के . सी . ले प्रमुख अतिथि तथा विशेष अतिथिहरूतिर व्यङ्ग्यात्मक टिप्पणी गर्दै साउथवेस्टन कलेजभित्र मात्र कलेजको गुणगान गाएर भएन  कलेजबाहिर पनि  गुणगान  गरी दिनु पर्यो भन्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको तर्फबाट नागार्जुन नगरपालिका प्यावसन अध्यक्ष वासुदेव घिमिरे तथा काठमाडौँ एन . प्याब्सनका अध्यक्ष अमृत सरले विज्ञान प्रदर्शनी प्रतियोगिता राखेकोमा  प्रसंशा गर्दै  साउथवेस्टन स्टेट कलेजलाई प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । 

banner

  विज्ञान तथा प्रदर्शनीको आन्तरिक र बाह्य गरी दुई किसिमको आविष्कार र अनुसन्धानमा राखिएको प्रतियोगितामा आन्तरिकतर्फ बालीमित्र पहिलो ,  अटोचेक भिजन दोस्रो , त्यसैगरी तेस्रो स्थानमा साइबर साथीभाइबहिनीहरू नामका प्रोजेक्ट पर्न सफल भए। यो आन्तरिक स्पर्धा साउथवेस्टन परिवारभित्रको मात्र थियो।

त्यसैगरी बाह्य अन्तर्गत स्कुल प्रतियोगिताको लागि मिलन धर्मस्थली प्रथम स्थानमा,  द्वितीय स्थानमा नेसनल युनाइटेड स्कुल र तृतीय स्थानमा साउथवेस्टन स्कुल पर्न सफल भए ।

अन्तर – कलेज प्रतियोगिता अन्तर्गत ट्रिनिटी अन्तर्राष्ट्रिय कलेज प्रथम ,साउथ वेस्टन कलेज द्वितीय , तृतीय स्थानमा मिड भ्याली कलेजले पुरस्कार हात पारे।

साउथवेस्टन स्टेट कलेजका कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछानेले उद्घोषण गरेको विज्ञान प्रदर्शनीको पुरस्कार वितरण तथा समापन कार्यक्रममा नगद तथा ट्रफीका साथै प्रमाणपत्रले विजयी  स्कुल /कलेजका प्रोजेक्ट टिमहरूलाई प्रमुख अतिथि / अतिथिद्वारा पुरस्कृत गरी हौसला प्रदान गरिएको थियो।

सभाध्यक्ष वासुदेव विष्टले कार्यक्रम समापन गर्दै सोच र स्किलले मात्र नयाँ सिर्जना गर्न सकिन्छ भन्नुभएको थियो। सभापति बिष्टले प्रमुख अतिथि / अतिथिहरु लगायत सम्पूर्ण सहकार्य गर्ने साउथवेस्टन स्टेट कलेज /स्कुल तथा समग्र शुभचिन्तकलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो।

उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख हरिसिंह केसी ,कार्यक्रम निर्देशक गणेश महरा, कलेज सञ्चालक समितिका सदस्यहरू, प्रतियोगिताका निर्णायक मण्डल सदस्यहरू , साउथ वेस्टेन स्कुलका प्रधानाध्यापक रमेश अधिकारी , साउथ वेस्टनस्टेट  कलेज तथा स्कुलका पदाधिकारीहरू विभिन्न विद्यालयबाट उपस्थित प्रिन्सिपल ,शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

विज्ञान  प्रदर्शनी तथा करिअर व्यवस्थापन प्रतियोगिता चलिरहँदा २३ गते दिनभर परिसरभित्र प्रतिभाशाली विद्यार्थीहरूले सांस्कृतिक तथा मौलिक भेषभुषामा नाचगानका साथै गीत संगीतका कार्यक्रमहरूबाट  मनोरञ्जन दिइरहेका / लिइरहेका थिए। त्यसैगरी हिन्दी / ऱ्याप नेपाली गीतमा   नाचगान ,बजान गरिरहेको देखिन्थ्यो । मनोरञ्जनात्मक कार्यक्रमको उद्घोषण सन्तोष बस्नेत तथा रमेशजंग कुँवरले आकर्षक ढङ्गले गर्नुभएको थियो ।



You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00