Thursday, April 16, 2026

प्रारम्भ वर्ल्ड स्कुल / कलेजको प्रारम्भ महोत्सव -२०८२ समारोह सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका वडा नं ८ काठमाडौँमा  अवस्थित  प्रारम्भ वर्ल्ड स्कुल/ कलेजको आयोजनामा आफ्नै परिसरभित्र  प्रारम्भ महोत्सव-२०८२ (  Praramva Fete ) समारोह  सम्पन्न गरिएको छ ।

विद्यार्थी / बालबालिकाको शिक्षा तथा बहुपक्षीय विकासको उद्देश्यका   साथ स्थापना भएको प्रारम्भ वर्ल्ड  स्कुल / कलेजको उक्त महोत्सवमा  विद्यालय    सञ्चालक समितिका अध्यक्ष विनोद चापागाईँले   सभाध्यक्षता ग्रहण गर्नुभएको थियो । अभिभावक ,विद्यार्थी , शिक्षा प्रेमी ,शुभचिन्तक,  विभिन्न स्कुलहरूका प्रिन्सिपलहरूका माझमा नेपाल सशस्त्र प्रहरी महानिरीक्षक   प्रमुख अतिथि राजु  अर्यालले पानसमा दीप प्रज्वलन गरी महोत्सवको  उद्घाटन गर्नुभएको थियो   ।

प्रमुख अतिथि महानिरीक्षक अर्यालले   विद्यालय परिवारलाई शुभकामना व्यक्त गर्दै , उहाँले विद्यार्थीलाई अहिलेको मेहनतले तपाईंको भविष्य निर्माण गर्छ भन्दै बालबालिकालाई मेहनत  गर्न सन्देश  दिनुभयो । आफ्नो मन्तव्यमा  प्रमुख अतिथि अर्यालले  विचार राख्दै , उहाँले मन्तव्यमा  हरेक  विद्यार्थी र विद्यालयले बेस्ट गर्न तयार हुनुपर्छ भन्नुभयो । प्रमुख अतिथि अर्यालले स्कुलको प्रशंसा गर्दै समय अनुसार सक्षम विद्यालयको रूपमा  अध्यापन गराउन सक्ने विद्यालय प्रारम्भ वर्ल्ड  स्कुल  हो भन्ने कुरा स्कुलभित्र प्रवेश गर्दा  नै मैले थाहा पाइसकेँ भन्दै विद्यालय परिवारप्रति प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको  थियो।

विशिष्ट अतिथि  बाल साहित्यकार विजयराज आचार्यले   आफ्नो शुभकामना मन्तव्यमा विचार राख्दै , उहाँले जन्मेको हरेक मान्छेको फरक -फरक रुचि र क्षमता हुन्छ भन्नुभएको थियो। त्यसैगरी उहाँले विद्यार्थीको क्षमता बुझेर  अगाडि बढ्न दिनु आजको शिक्षकको दायित्व हो भन्नुभयो।

banner

प्रमुख अतिथि लगायत वरिष्ट बाल  साहित्यकार विजयराज आचार्य तथा  विशेष अतिथिहरूद्वारा पारम्भ वर्ल्ड स्कुलका आरोही सिटौलाको दिदीबहिनीका कुरा,त्यसैगरी दिप्रश खड्काको नचल्ने घडी,आयान्श ज्ञवालीको अँध्यारोभित्र उज्यालो कथा सङ्ग्रह विमोचन गरिएको थियो प्रारम्भका कथाहरू (भाग -१) नामको ६२ वटा कथाको कथा संग्रह पनि महोत्सवमा विमोचन गरिएको थियो । महोत्सवमा विमोचन भएका बाल कथाहरू सम्पादकद्वय सुशिला तामाङ र गोमा चालिसेले सम्पादन गर्नुभएको छ । आवरण चित्रमा रविन्द्र मानन्धरले चित्रकला भर्नुभएको छ ।


महोत्सवमा सहभागी समग्र अतिथि ,अभिभावक तथा विद्यार्थीको माझमा आफ्नो धारणा राख्दै , स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले  पाहुनाहरूलाई स्वागत गर्दै ,उहाँले वैज्ञानिक ,व्यवहारिक तथा संस्कारयुक्त शिक्षाको पक्षमा विद्यालय  निरन्तर अगाडि बढिरहेको धारणा प्रष्ट पार्नुभएको थियो।  उहाँले तारकेश्वर नगरपालिकामा महोत्सवको आयोजना   गर्न सक्ने एक मात्र पहिलो  विद्यालयकोरुपमा प्रारम्भ  स्कुल भएको विचार व्यक्त गर्नुभएको थियो ।

गत साल ४ जिपिए  ल्याउन सफल प्रारम्भ  वर्ल्ड  स्कुलमा फुट्सल /बास्केटबल / भलिबल  जस्ता खेलकुदका अतिरिक्त क्रियाकलापका प्रशिक्षक सहितका बलिया पूर्वाधारहरूको संरचना  रहेकोले उक्त विद्यालयबाट  अतिरिक्त क्रियाकलापका विभिन्न वाह्य प्रतिस्पर्धामा विजयी भएर विद्यार्थीहरूले विद्यालयको गरिमा बढाएको विद्यालय परिवारले प्रष्ट पारेको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आएको यो विद्यालयले समाजमा खेलकुद तथा सामाजिक रुपमा विशिष्ट योगदान दिएका व्यक्तिहरूलाई प्रारम्भ वर्ल्ड स्कुल /कलेजले दोसल्ला ओढाई प्रशंसा पत्र प्रदान गर्दै ,  प्रारम्भ महोत्सव -२०८२ को अवसरमा सम्मानित गरेको छ।

महोत्सवमा हजारौँको उपस्थितिका बिच  विद्यालयका प्रतिभाशाली साना – ठूला विद्यार्थीहरूले विभिन्न भेषभुषामा विविध मौलिक सांस्कृतिक नृत्य तथा विविध गीत -संगीतबाट आफ्नो प्रतिभा /कला  प्रस्तुत गरेर अभिभावक तथा अतिथि गणहरूलाई दिनभर मनोरञ्जन दिलाएका थिए ।

माघ २४ गते सम्पन्न उक्त  महोत्सवमा विद्यालय सिइओ दीपक खड्का , हिसान अध्यक्ष लिलबहादुर पुन ,काठमाडौँ जिल्ला प्याब्सन सह -सचिव शिवप्रसाद अर्याल, तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकी, ओखलढुङ्गाका पूर्व जिल्ला अधिकारी दामोदर अधिकारी ,महानगर प्याब्सन उपाध्यक्ष रविन बस्नेत विभिन्न  छिमेकी विद्यालयका प्रिन्सिपलहरु, शिक्षक तथा समाजका गन्यमान्य विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिले कार्यक्रमको महत्वलाई अझ बढाएको थियो।

प्रारम्भ वर्ल्ड स्कुल कलेजका विद्यार्थीहरूले विज्ञान ,कला ,भाषा ,साहित्य ,समाज, संस्कृतिसँग सम्बन्धित  विषयवस्तुलाई विभिन्न स्टलहरूमा प्रदर्शन गरिरहेका थिए । तारकेश्वर नगरमा फरक कार्यक्रम दिन सफल यो विद्यालयले पिजीदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थिए भने कक्षा ७ देखि ९ कक्षासम्म प्रदर्शनीमा सहभागिता जनाएका थिए । त्यसैगरी बाँकी १२ कक्षासम्मका विद्यार्थी भाइबहिनीहरूले फुट फेस्टिवललाई आकर्षक रुपमा चलाइरहेको देखिन्थ्यो । महोत्सवको सहजीकरण विद्यालयका  शिक्षक अभियान खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरू प्रिया /रश्मी /स्पर्ष/कृतिष्मा / दिवाले बेलाबेला पालैपालो सहजीकरणमा सघाएका थिए ।

:

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00