Friday, April 17, 2026

अवाकस प्रतियोगिताको आयोजना  जेनियल  मोर्डन एकेडेमीमा

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वरको बोराटार -५ मा  रहेको जेनियल मोर्डन एकेडेमीले  आफ्नै प्राङ्गनमा स्कूल  लेवल अवाकस प्रतियोगिता सम्पन्न गरेको छ।

माघ १० गते  सम्पन्न  उक्त कार्यक्रममा  प्रिन्सिपल मञ्जु राई, सी इओ विराज राई तथा  अध्यक्ष महेश पौडेल तथा मिडिया पार्टनरहरुको साथ रहेको  उक्त कार्यक्रमको सहकार्य एलरोस फाउन्डेशनले  गरेको थियो ।  दुई कक्षादेखि चार कक्षासम्मका बालबालिकाले सहभागिता जनाएको उक्त रमाइलो कार्यक्रममा पहिलो स्थान सौगात गुरुङले प्राप्त गरे भने दोस्रो स्थानमा सुधिरा घले परेका छन्। त्यसैगरी तेस्रो स्थानमा धिरोज तामाङ पर्न सफल भएका छन्। विजेताहरुलाई स्कुलका अध्यक्ष महेश पौडेलले ट्रफी तथा सर्टिफिकेट पुरस्कार प्रदान गरेर हौसला दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा सि इओ विराज राईले यसबाट विद्यार्थीहरूमा गणित विषयमा निखार आउने कुरामा आफूहरू विश्वस्त भएको प्रष्ट पार्नुभएको थियो। स्कुलका अध्यक्ष महेश पौडेलले विद्यार्थीहरूको सानैदेखि गणित र साइन्समारुचि बढाउने र उनीहरूमा एक प्रकारको छिटो निर्णय गर्ने आफ्नो मौलिक  क्षमता डिजिटल संयन्त्र बाहिर रहेर वृद्धि गर्ने काममा अवाकस जस्ता प्रतिस्पर्धाले विद्यार्थीहरूमा छुट्टै खाले महत्त्व राख्ने प्रष्टपार्नु भएको थियो । पूर्ण  मन्टेश्वरीको अवधारणामा सञ्चालन गरिएको यो विद्यालय आफ्नो प्राङ्गणमा फुट्सलको निर्माण र  व्यवस्था गर्दै गरेको पनि अध्यक्ष महेश पौडेलले एक प्रश्नको जवाफमा आफ्नो  धारणा राख्नुभएको थियो ।  अध्यक्ष पौडेलले  आफ्नो विचार राख्दै तारकेश्वरमा बालबालिकाको लागि शिक्षा तथा सिर्जनात्मक गतिविधिको लागि जेनियल एकेडेमी अगाडि बढ्दै गरेको  बताउनुभयो ।

    स्कूलका सि इओ  विराज राईले अवाकस खेलको महत्व दर्शाउँदै,  उहाँले  आगामी २६ गते हुन लागेको नेशनल लेवल अवाकस प्रतियोगितामा विजेता विद्यार्थीले सहभागिता जनाउनेछन्  भन्नुभयो।  कार्यक्रममा  स्कूलका शिक्षक -शिक्षिका, मिडिया कर्मीहरुको उपस्थितिले  बालबालिकाहरु उत्साहित देखिएका थिए ।  

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00