Friday, April 17, 2026

तारकेश्वरको नर्थ भ्याली इङ्लिस स्कूलमा पैँतिसौ जुनियर विद्यार्थी अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ मा रहेको नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुलले पैँतिसौँ जुनियर विद्यार्थी अभिभावक दिवस आफ्नै प्राङ्गणमा एक समारोहका बीच सम्पन्न गरेको छ ।


माघ १२ गते सम्पन्न ,    तारकेश्वर नगरपालिकाका वडा नम्बर  ६ वडा अध्यक्ष घनश्याम श्रेष्ठ प्रमुख अतिथि रहेको  यो कार्यक्रममा  स्कुलका संस्थापक अध्यक्ष तथा ३५ सौँ जुनियर  विद्यार्थी अभिभावक दिवसका सभाध्यक्ष सानुबाबु विन्दुकार     रहनुभएको  उक्त कार्यक्रममा, प्रमुख अतिथिको तर्फबाट बोल्दै वडा अध्यक्ष घनश्याम श्रेष्ठले , स्कुलले लामो इतिहास बोकेको र स्कुलबाट कैयौं डाक्टर , इन्जिनियर तथा पाइलटहरु जन्मिसकेका र विभिन्न क्षेत्रमा आफ्नो योगदान विद्यार्थीले दिइरहेको प्रसङ्ग औल्याउँदै, उहाँले संस्थापक अध्यक्ष सानो बाबु बिन्दुकारको स्कुल स्थापनाका संघर्षका दिनहरु स्मरण गर्नुभयो । स्कुलकी प्रिन्सिपल सरिता विन्दुकारले आफ्नो मन्तव्यमा  दक्ष जनशक्ति तयार गर्ने शिक्षा हुनुपर्छ भन्नुभयो । प्रिन्सिपल विन्दुकारले  थप  प्रकाश पार्दै आजको शिक्षा जीवन केन्द्रित शिक्षा हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।   भाइस प्रिन्सिपल अनिल बिन्दुकारले यू के जी , एल के जी तथा २ र ३ कक्षाका जुनियर विद्यार्थीसँग संलग्न अभिभावक दिवस मनाएपछि  आगामी १९ गते सिनियर विद्यार्थीसँग संलग्न अभिभावक दिवसको  रूपमा सम्पन्न गरिने हाम्रो एक प्रश्नको जवाफमा पष्ट पार्नुभएको थियो। यो कार्यक्रम    जुनियर विद्यार्थीकाअभिभावकहरूले स्कुल प्राङ्गण खचाखच भरिएको थियो।

जुनियर विद्यार्थीका अभिभावकहरू आफ्ना  बालबालिकाले  आन्तरिक  खेलकुद प्रतियोगितामा सर्टिफिकेट तथा मेडल पुरस्कार पाइरहेको देखेर  खुशी देखिनुभएको  थियो। स्कूलभित्र हुने गरेका विभिन्न प्रतियोगितामा सहभागी भई विजयी भएका बालबालिकालाई  स्कूलका संस्थापक अध्यक्ष सानुबाबु  विन्दुकार  तथा  प्रिन्सिपल  सरिता विन्दुकारले   हौसला प्रदान गर्दै मेडल र सर्टिफिकेटले   पुरस्कृत  गर्नुभएको थियो ।

banner

कार्यक्रममा बालवालिकाले  विभिन्न मौलिक संस्कृतिका भेषभूषामा नृत्य तथा गीत -संगीतबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।  बालबालिकाले  नाटक , योगा तथा  स्पोर्टसको झलक समेत प्रस्तुत  गरेर  दर्शकको  मन जितेका थिए । स्कूलमा कार्यरत शिक्षिकाको  समूहले पनि सामूहिक नृत्य गरी बालबालिकालाई हौसला प्रदान गर्नुभएको थियो।


स्कूलकै शिक्षिका सविना ढकाल र स्वेता नेपालले आकर्षक रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्कूल परिवारका शिक्षक – शिक्षिका  तथा शुभ चिन्तक विद्यार्थीहरुको  वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको  अन्तिममा सभाध्यक्ष सानुबाबु विन्दुकारले उपस्थित सबैलाई धन्यवाद दिनुभयो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00