Monday, September 14, 2026

आयान्श ज्ञवालीलाई जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार

संयम दैनिक
0 कमेन्टहरु

ललितपुर । बालसाहित्य तथा सिर्जनाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै आयान्श ज्ञवालीलाई नेपाल बाल साहित्य समाजले ‘नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार’ प्रदान गरेको छ।जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा आयान्शलाई ५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो।

विद्यालयका प्रिन्सिपल कमलप्रसाद ज्ञवालीका अनुसार आयान्शलाई उत्कृष्ट बाल सिर्जनाका लागि सम्मान गरिएको हो।कार्यक्रममा नेपाली बालसाहित्यका इतिहासकार तथा समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो। साथै बालसाहित्यसँग सम्बन्धित १० वटा पुस्तक विमोचन गरिएका थिए।नेपाल बाल साहित्य समाजको आयोजना तथा पाटन सङ्ग्रहालय र सिविन नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा बालसाहित्य सर्जक, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो। अध्यक्ष विजयराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव विष्णु केसीले सञ्चालन गरेका थिए।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00