काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि नेपाललाई भारत, चीन र विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।विश्व बैंकले आपतकालीन सहयोगका लागि विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएको छ। भारतले आवश्यक राहत सामग्रीको सूची माग्दै तत्काल सामग्री पठाउने तयारी गरेको छ भने चीनले नगद सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग परिचालनका लागि सम्बन्धित निकाय र दातृ पक्षसँग समन्वय भइरहेको बताएका छन्।यसैबीच, मन्त्रिपरिषद्ले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

संकटग्रस्त क्षेत्र घोषणासँगै राहत तथा पुनर्निर्माणका लागि स्वदेशी र बाह्य सहयोग परिचालन गर्ने बाटो खुलेको सरकारले जनाएकोविश्व बैंकले आपतकालीन सहयोगका लागि विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएको छ। भारतले आवश्यक राहत सामग्रीको सूची माग्दै तत्काल सामग्री पठाउने तयारी गरेको छ भने चीनले नगद सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग परिचालनका लागि सम्बन्धित निकाय र दातृ पक्षसँग समन्वय भइरहेको बताएका छन्।यसैबीच, मन्त्रिपरिषद्ले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। संकटग्रस्त क्षेत्र घोषणासँगै राहत तथा पुनर्निर्माणका लागि स्वदेशी र बाह्य सहयोग परिचालन गर्ने बाटो खुलेको सरकारले जनाएको