Tuesday, September 15, 2026

एन्जल्स हार्ट नेशनल स्कुलको आयोजनामा‘जुनियर क्रिकेट लिग–२०८३’ साउन २४ गतेबाट शुरु

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं,

साउन १९ – विद्यालय तहबाटै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यसहित एन्जल्स हार्ट नेशनल स्कुलले ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३’ आयोजना गर्ने भएको छ। प्रतियोगिता साउन २४ गतेदेखि सुरु हुने भएको हो।

मंगलबार ट्रफी सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ। यसपटकको संस्करण ‘इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता (मनसुन च्याप्टर–दोस्रो सिजन)’ का रूपमा सञ्चालन हुने जनाइएको छ ।

banner

साउन २४ देखि २८ गतेसम्म तारकेश्वर–९, मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्स (ए–१ इन्डोर) मा टी–१० ढाँचामा लिग र नकआउट प्रणालीमा खेलहरू हुनेछन्। प्रतियोगिता एन्जल्स स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टरको व्यवस्थापनमा तथा काठमाडौं गोर्खाजको सहकार्यमा आयोजना हुँदैछ।

ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ, पूर्व राष्ट्रिय क्रिकेटर शरद भेषावकर र एन्जल्स हार्ट स्कुल परिवरका अध्यक्ष लिलबहादुर पुनले संयुक्त रूपमा ट्रफी अनावरण गरेका थिए।

कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले विद्यालयस्तरका खेल प्रतियोगिताले भविष्यका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पूर्व क्रिकेटर भेषावकरले निरन्तर यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ प्रतिभा दिने विश्वास व्यक्त गरे।

एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापाले विद्यालय क्रिकेट नै नेपाली क्रिकेटको आधार भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन विकास अभियानका रूपमा अघि बढाइएको बताए।

प्राविधिक / प्रशिक्षक -प्रमुख रविन्द्र गुप्ताका अनुसार प्रतियोगिता क्यानको मापदण्डअनुसार निष्पक्ष रूपमा सञ्चालन गरिनेछ।

प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २० हजार रुपैयाँ, ट्रफी, रजत पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, ब्याटर, बलर, उदयीमान खेलाडी र फेयर प्ले अवार्ड पनि प्रदान गरिनेछ।

आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई देशव्यापी बनाउँदै विद्यालय क्रिकेटलाई अझ व्यवस्थित र व्यावसायिक बनाउने लक्ष्य राखेको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00