Tuesday, November 3, 2026

निजी विद्यालय र शैक्षिक संगठनमाथि सामाजिक सञ्जालमा टिप्पणी भएपछि प्याब्सन–नेशनल प्याब्सन एकजुट

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं। निजी विद्यालय तथा शैक्षिक संगठनलाई लक्षित गरी सामाजिक सञ्जालमा सार्वजनिक गरिएका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै प्याब्सन काठमाडौं र नेशनल प्याब्सन काठमाडौंले सम्बन्धित निकायसमक्ष औपचारिक रूपमा विरोध दर्ता गराएका छन्

।डियर वाक स्कुलका सञ्चालक डा. रुद्र पाण्डेयले सामाजिक सञ्जालमा निजी विद्यालय तथा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनजस्ता शैक्षिक संस्थालाई लक्षित गरेर दिएका अभिव्यक्तिले शिक्षा क्षेत्रको संस्थागत प्रतिष्ठामा प्रश्न उठाएको भन्दै दुवै संगठनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट र नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृतकुमार खड्काले शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशीलाई ज्ञापनपत्र बुझाउँदै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।निजी विद्यालयहरू शिक्षा प्रणालीका महत्त्वपूर्ण साझेदारका रूपमा रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा शैक्षिक गुणस्तर सुधार, रोजगारी सिर्जना तथा मुलुकको आर्थिक र सामाजिक विकासमा उनीहरूले निर्वाह गर्दै आएको भूमिकालाई बेवास्ता गर्न नहुने धारणा राखिएको छ।विद्यालय तथा शैक्षिक संगठनका गतिविधिमाथि आलोचना गर्न पाउनु स्वाभाविक भए पनि आलोचनाका नाममा अपमानजनक र प्रतिष्ठामा चोट पुग्ने अभिव्यक्ति सार्वजनिक गर्नु स्वीकार्य नहुने दुवै संगठनको भनाइ छ। उनीहरूले असहमति र विवादलाई सामाजिक सञ्जालमा व्यक्तिगत आरोप–प्रत्यारोपका रूपमा अघि बढाउनुको सट्टा संस्थागत छलफल र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

banner

सार्वजनिक अभिव्यक्तिका कारण शैक्षिक संस्थाहरूबीचको सम्बन्धमा दूरी बढ्न सक्ने र समग्र शैक्षिक वातावरण प्रभावित हुन सक्ने चिन्ता पनि ज्ञापनपत्रमा व्यक्त गरिएको छ।दुवै संगठनले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी सार्वजनिक गरिएका टिप्पणीको तथ्यगत आधार र सान्दर्भिकता स्पष्ट पार्न माग गरेका छन्। अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने र कानुन उल्लङ्घन भएको प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको माग छ।साथै, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूबीच मर्यादित व्यवहार, जिम्मेवार अभिव्यक्ति र पारस्परिक सम्मानको संस्कृति विकास गर्न सम्बन्धित निकायले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।शैक्षिक क्षेत्रको प्रतिष्ठा र संस्थागत सद्भाव कायम राख्ने उद्देश्यसहित बुझाइएको ज्ञापनपत्रमाथि आवश्यक अध्ययन गरी उचित कदम चाल्न प्याब्सन काठमाडौं र नेशनल प्याब्सन काठमाडौंले शिक्षा विकास तथा समन्वय एकाइसँग आग्रह गरेका छन्।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00