Saturday, May 30, 2026

परिवर्तन अभियान नेपालको एस.ई.ई. उतीर्ण विद्यार्थी सम्मान कार्यक्रममा तारकेश्वर नगरपालिकाका हिसान आवद्ध स्कुल / कलेजका स्टलहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी

संयम दैनिक
0 कमेन्टहरु

परिवर्तन अभियान नेपालद्वारा आयोजित एसईई -२०८२ उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रम आज एक समारोहका बीच तारकेश्वर नगरपालिकाको नेपालटारस्थित कान्तिपुर ए.बी. पार्टी प्यालेसमा सम्पन्न भएको छ।

:

कार्यक्रम नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यतामा परिवर्तन अभियान नेपाल संस्थाकै अध्यक्ष सुशील भट्टको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूले एसइइ सम्मान ग्रहण गर्न आएका भाइबहिनीहरूलाई हाइयर सेकेन्डरी स्कुलको लागि समाज र राष्ट्रको दायित्व बोध गर्दै , आफूले रुचाएको विषय पढेर अगाडि बढ्न, विद्यार्थीलाई बधाई सहित शुभेच्छा प्रकट गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा प्रतिनिधि सभा सदस्यहरू माननीय केपी खनाल , खुश्बु ओली, निश्चल राई, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी लगायत समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका शिक्षाप्रेमी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

banner

तारकेश्वर नगरपालिकाभित्र रहेका ११ / १२ कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुले भर्खर उत्तीर्ण भएका अलमलमा परेका विद्यार्थीहरूलाई कुन विषय पढ्ने तारकेश्वरमा कुन कुन स्कुल /कलेजहरूले कुन कुन विषयमा अध्यापन गराइरहेका छन् भन्ने जानकारी दिने सन्दर्भका साथै ,भर्खर एस .इ.इ .२०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई आफ्ना विद्यालयका स्टलहरूबाट विद्यालयले संभावित ११ कक्षा भर्नाको लागि दिन सक्ने सेवा सुविधा र मार्गदर्शनका सामाग्री उपलब्ध गराई परामर्श दिइरहेका थिए।

हिसान ( Higher Institutions and Secondary Schools’ Association Nepal ) तारकेश्वर नगरपालिकामा विगतदेखि विज्ञान , व्यवस्थापन, कानून, मानविकी , शिक्षा लगायत विविध विषयमा अध्यापन भइरहेको
११ / १२ कक्षा पढ्नको लागि तारकेश्वर नगर बाहिर जान नपर्ने हिसान तारकेश्वरका अध्यक्ष लीलबहादुर पुनले संयम दैनिकलाई प्रष्ट पार्नुभएको थियो। तारकेश्वर नगरपालिकामा एसइइ दिएका विद्यार्थीलाई परामर्श दिनलाई स्टल राखेका विद्यालयहरूमा – एन्जल हार्ट सेकेन्डरी स्कुल, काठमाडौँ लिङ्कन स्कुल, हिमारश्मी हाई स्कुल , प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेज,कौशल इङ्लिस बोर्डिङ स्कुल,मिलन धर्मस्थली सेकेन्डरी स्कुल,विद्याश्री पाठशाला , सेक्रेड हार्ट स्कुल लगायत रहेका थिए । यी स्थापित स्कुल / कलेजहरुले एस ई. ई. जस्तै तारकेश्वर नगरपालिकाको एस . एल. सी . शिक्षासम्ममा नेपालमा प्रतिस्पर्धात्मक , गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट क्षमता तारकेश्वर नगरपालिका भित्रका शिक्षालयमा छ भन्ने सन्देश / परामर्श / मार्गदर्शन दिएका थिए ।

: ;

उक्त एसईई सम्मान कार्यक्रममा विद्यार्थीले गीत , नृत्य प्रस्तुत गरेका थिए। परिवर्तन अभियान नेपालले सामाजिक ,शैक्षिक क्षेत्रमा विभिन्न रचनात्मक कर्महरू गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00