हिसानद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड सहयोग

संयम दैनिक
0 कमेन्टहरु

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड सहयोग गरेको छ।

हिसानले शुक्रबार सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम हस्तान्तरण गरेको हो। कार्यक्रममा हिसान अध्यक्ष युवराज शर्मा, वरिष्ठ उपाध्यक्ष प्रा.डा. स्वागत श्रेष्ठ, महासचिव रामहरि सिलवाल, कोषाध्यक्ष शिवप्रसाद अधिकारी, हिसान काठमाडौं जिल्ला अध्यक्ष गोपिराज पराजुलीलगायत पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति थियो।भोटेकोशी बाढीबाट विद्यार्थी, अभिभावक तथा विद्यालयसमेत प्रभावित भएकाले राहतसँगै प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरता र विद्यालय पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको हिसानले जनाएको छ। विपद्का बेला निजी शिक्षण संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने भन्दै हिसानले राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहकार्य आवश्यक रहेको जनाएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00