Tuesday, October 21, 2025

केयू डिन  प्रा .डा .बालचन्द्र लुइटेलको अभिव्यक्तिप्रति निजी स्कुलको छाता साझा संगठन संयुक्त आन्दोलन समितिको गम्भीर आपत्ति

सनत आचार्य
0 कमेन्टहरु

भाद्र ११, काठमाडौं ।

निजी विद्यालयहरूको साझा छाता संगठन संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुइटेलद्वारा निजी विद्यालयप्रति गरिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

समितिले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा शिक्षा विधेयक–२०८० का कतिपय प्रावधानहरू, जस्तै गैरनाफामूलक कम्पनीमा रुपान्तरण र पूर्ण छात्रवृत्ति को व्यवस्थाले निजी विद्यालयहरूको अस्तित्वमै आघात पुर्‍याउने भन्दै आन्दोलनरत रहेको जानकारी दिएको छ। यस्तै, लुइटेलले हालै सामाजिक सञ्जाल र अनलाइन टिभीमार्फत दिएको धारणा “निजी विद्यालयलाई शिक्षा बिगार्ने तत्व” र “मुनाफामुखी मात्र” भनेर चित्रण गर्ने खालको रहेको भन्दै समितिले विरोध जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “निजी विद्यालयहरूले विगतदेखि नै केयू स्कुल अफ एजुकेसनसँग शिक्षक प्रशिक्षण, अनुसन्धान, अध्यापन अभ्यासलगायतका क्षेत्रमा सहकार्य गर्दै आएका छन्। तर, डीनको पछिल्लो टिप्पणीले आपसी सहकार्य कमजोर पार्ने मात्र होइन, सम्बन्ध विच्छेद हुने अवस्था सिर्जना गरेको छ।”

समितिले तीन बुँदे मागसहित केयूको ध्यानाकर्षण गराउँदै तत्कालै निजी विद्यालयसँग भएका सहकार्य सम्झौताहरू तोड्न सदस्य विद्यालयलाई आग्रह गरेको छ। साथै लगानी र अस्तित्व सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, प्याब्सनका महासचिव आरबी कटवालले पनि उक्त घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले भने,
“निजी विद्यालयलाई   होच्याउने ,अपमान गर्ने खालका टिप्पणीहरूले शैक्षिक क्षेत्रलाई मात्र होइन, हजारौँ शिक्षाकर्मीको श्रम र लगानीलाई पनि अवमूल्यन गरेको छ। यस्तो अभिव्यक्तिले शिक्षा क्षेत्रमा ध्रुवीकरण बढ्छ, सहकार्य होइन। हामी सहअस्तित्वमा विश्वास गर्छौँ, तर अपमान सहन सक्दैनौँ।”

कटवालले लुइटेलको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गर्दै शिक्षामा निजी क्षेत्रको योगदानलाई मान्यता दिनैपर्ने बताएका छन्।

समाचार श्रोत : सुदर्शन जमकट्टेल

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00

संयमदैनिक हाम्रो समाचार पोर्टल नेपालको समाचारको प्रमुख स्रोत हो, जहाँ तपाइँलाई सबैभन्दा ताजा र विश्वसनीय समाचार प्राप्त हुनेछ। हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका घटनाक्रम, राजनीति, अर्थतन्त्र, संस्कृति र खेलका बारेमा विस्तृत जानकारी प्रदान गर्दछौं। संयमदैनिक परिवार—-

दर्ता प्रमाणपत्र नं. ४८७१ – २०८१ / २०८२

सम्पादकहरूको छनोट

नवीनतम लेखहरू

प्रकाशक तथा प्रधान सम्पादक : सनत कुमार आचार्य, सम्पादक : माया कुमारी पोख्रेल

संयमदैनिक सर्बाधिकार सुरक्षित