Thursday, April 16, 2026

तारकेश्वर  नगरपालिकाको   तेश्रो  मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता टेवलटेनिसको  परिणाम  सार्वजनिक

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

तारकेश्वर  नगरपालिकाले  मंसिर १८ – २५गते सम्म आयोजना  गरेको  तेश्रो मेयर  रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत  टेवलटेनिस खेल प्रतियोगिता   सृजना ज्ञानसागर  माध्यमिक  विद्यालयको  संयोजकत्वमा सम्पन्न गरेको छ।

मंसिर  २२ गते सृजना ज्ञान सागर तारकेश्वर -४ मा  अवस्थित स्कूलको प्राङ्गणमा भएको    टेबलटेनिस प्रतियोगितामा  खेलप्रेमी  विद्यालय  र  विद्यार्थीका वीचमा खेल सम्पन्न हुँदा प्रतियोगितामा  एकल छात्रतर्फ  सृजना ज्ञानसागर मावि र  हिमरश्मि हाइस्कूलले  क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरे भने तृतीय स्थानमा भने लालीगुराँश र ग्रिन हिल्स मा वि सुरक्षित भए ।
   
त्यसैगरी   टेबलटेनिस एकल छात्रातर्फ प्रथम स्थान र द्वितीय स्थानमा क्रमशः हिमरश्मि  र कौशल मावि  सुरक्षित रहे भने  तृतीय स्थानका लागि  मानसिंह र  नर्थभ्याली मा .वि  दुई स्कूल  विजेता  घोषित भए।

अर्कातिर  टेवल टेनिस मिक्स  डबल छात्र  / छात्राको प्रतियोगितामा   प्रथम र   द्वितीय  स्थान  क्रमशः हिमरश्मि  र सृजना ज्ञान सागर मा .विले  हात पारे। तेश्रो  स्थानका लागि भने दुई स्कूल  रोजमेरी र ल्याण्डमार्क  मा .वि ले  सफलता  प्राप्त  गरे।

टेवल टेनिस प्रतियोगितामा टिम विद्यालयको रूपमा  प्रथम हिमरश्मी हाइस्कूल  , दोश्रो सृजना ज्ञानसागर  र तेश्रोमा कौशल मावि  परेका  छन्  । खेलमय भएको तारकेश्वर नगरपालिकाको यो तेश्रो  मेयर रनिङ  शिल्ड प्रतियोगितामा  ५३ स्कूलका  ३  हजार  ४ सय  २४ खेलाडी  विद्यार्थी  समावेश  भएका छन्।

 



You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00