
काठमाडौं
तारकेश्वर शैक्षिक मञ्चद्वारा रमाइलो पाठशाला जरंखु ८ मा अन्तर विद्यालय टेबलटेनिस कार्यक्रम भव्यरूपमा सम्पन्न गरिएको छ ।
२०८० मंसिर १५ गते तारकेश्वर शैक्षिक मञ्चका १६ वटा स्कूलहरुका वीचमा भएको टेवल टेनिस प्रतिस्पर्धा कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष नवराज न्यौपानेले गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तारकेश्वर शैक्षिक मञ्चले बालबालिकाको सर्वाङ्गीण विकासमा तारकेश्वर शैक्षिक मञ्चले काम गर्दै आएको र यो टेवलटेनिस प्रतियोगिता पनि त्यसैको निरन्तरता हो भन्नुभयो ।
तारकेश्वर शैक्षिक मञ्चका इसिए प्रमुख नारायण पोख्रेलले सहजीकरण गरेको कार्यक्रममा मञ्चका उपाध्यक्ष झनकराज शर्मा , सचिव अवसर पौडेल लगायत मञ्चका पदाधिकारी सदस्यहरुका साथै विभिन्न स्कूलका प्रिन्सिपल , भाइस प्रिन्सिपलकासाथै खेल प्रशिक्षक र विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो ।
रमाइलो पाठशाला स्कूलले संयोजकको जिम्मेवारी बहन गरेको यो कार्यक्रममा डबल तर्फबाट प्रथम स्थान नर्थ भ्याली इङ्लिस स्कूल , दोश्रो स्थान रोजमेरी बोर्डिङ स्कूल र तेश्रो स्थानमा प्राञ्जली वर्ल्ड र दीपशिखा स्कूल पर्न सफल भएका छन् । त्यसैगरी सिंगल तर्फबाट प्रथम स्थानमा रोजेमेरी स्कूल द्वितीय स्थानमा नर्थभ्याली इङ्लिस स्कूल र तेश्रो स्थानमा गिन्निज पब्लिक इङ्लिस स्कूल र स्प्रिङ भ्याली एकेडेमीले सफलता प्राप्त गरेकाछन् ।
तारकेश्वर शैक्षिक मञ्चका सल्लाहकार शिवहरि लामिछाने र मञ्चका अध्यक्ष नवराज न्यौपानेबाट विजेता घोषित स्कूलका सहभागी विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेका थिए।

