Thursday, April 16, 2026

खेलमय तारकेश्वर: तेश्रो  मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

तारकेश्वर  नगरपालिकाले  मंसिर १८ गते ओपनिङ गरेको  तेश्रो मेयर  रनिङ शिल्ड प्रतियोगिताले गर्दा  यो सप्ताह  खेलमय तारकेश्वर भएको छ।

     टेबलटेनिस, व्याडमिन्टन, बास्केटबल  , उसु, तेक्वान्दो , कराँते , एथलेटिक्स  , कवड्डी, भलिवल र  फुटवलमा  ५३ विद्यालय का ३ हजार ४ सय २४ खेलाडी सहभागी हुने छन् । शिक्षालाई खेलसँगै जोडिनुपर्छ  भने अनुरूप  संस्थागत  तथा  सामुदायिक  विद्यालयका  विद्यार्थीहरु  खेल प्रतियोगितामा सहभागी हुँदा उत्साहित भएका छन्  ।

banner

     पहिलो दिनको  खेलको प्रतियोगिताको महोत्सवमा  छात्र तर्फ फुटबलमा सिर्जना ज्ञानसागरले  नर्थ भ्याली  स्कूललाई २-० पराजित गर्न सफ भयो । अर्कोतिर  कालिदेवी विद्यालयले किन्डर गार्डेनलाई  ७-० को भारी गोल  अन्तरमा हराएको थियो ।

     बुधवार  भएको तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा  नर्थभ्याली इङ्लिस स्कूल र लालीगुराँस नेशनल एकेडेमी जुनियर छात्र वास्केट बलमा   विजेता स्कूल बनेका छन् ।  

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00