Thursday, April 16, 2026

ओप्सको अन्तर -विद्यालय मेमोरी कन्टेष्ट स्पर्धामा कौशल इङ्लिस स्कुललाई प्रथम पुरस्कारको उपलब्धि

संयम दैनिक
0 कमेन्टहरु


अर्गनाइजेशन अफ प्राइभेट स्कुलसद्वारा मेमोरी कन्टेष्ट  कार्यक्रम एक समारोहवीच सृजना ज्ञानसागर विद्यालय तारकेश्वर नगर-४ मा सम्पन्न गरिएको छ ।

श्रावण १७ गते सम्पन्न कार्यक्रममा २९ वटा ओप्स  सदस्य विद्यालयहरूमध्ये २० वटा विद्यालयहरूले सहभागिता जनाएका थिए।पाँच कक्षासम्मका  साना साना बालबालिकाको उक्त  प्रतियोगिता  सिर्जना ज्ञानसागर सेकेन्डरी स्कुलको  संयोजकत्वमा सम्पन्न भएको हो ।

ओप्स अन्तर – विद्यालय मेमोरी कन्टेस्टको चौथो संस्करणमा  सबैलाई पछि पार्दै कौशल   इङ्लिस बोर्डिङ स्कुलले  प्रथम पुरस्कार पाउन सफल भएको छ भने दोस्रो पुरस्कार प्रारम्भ वर्ल्ड स्कुलले सुरक्षित पारेको छ ।  त्यसैगरी तेस्रो स्थानमा हिमरश्मी  हाई स्कुल पर्न सफल भएको छ। चौथो पुरस्कार सेव स्कुलले हात पारेको छ। फाइनलमा ६ वटा विद्यालयहरूले प्रतिस्पर्धा गरिरहेको अवस्थामा चारवटा विद्यालय पुरस्कृत भएपछि संयोजक  विद्यालय सृजना ज्ञानसागरले  बाँकी दुईवटा विद्यालयका विद्यार्थीलाई  पनि हौसला स्वरुप पुरस्कार प्रदान गरेको थियो।

दिनभर ओप्स  विद्यालय -प्रतिस्पर्धी साना विद्यार्थीहरूले  मेमोरी स्पर्धामा निरन्तर बौद्धिक  लडाइ लडिरहे  जुन लडाइमा साना बालबालिकाहरूले विभिन्न चरण -चरणमा  कहिले व्यक्तिहरूको अनुहार र  नम्बर सम्झनुपर्यो ,  कहिले रुपैँयाका क्रमबद्ध नम्बरहरू सम्झनुपर्ने  , कहिले अङ्ग्रेजी कविताका अर्थ बुझेर सोधिएका प्रश्नको उत्तर दिनुपर्थ्यो।साना विद्यार्थीहरूको यो ठूलो बौद्धिक प्रतियोगिताको खेलले उनीहरूलाई चुनौती थपिरहन्थ्यो। अर्को महत्वपूर्ण कुरा त के थियो भने  प्रतियोगीहरुले उत्तर दिँदा होस् वा  डिस्प्लेको विवरण हेर्दा सेकेन्डमा नै तयारी गरिसक्नु पर्ने  समय सीमा थियो।  वजर राउन्डमा त झन प्रश्नको उत्तर ठिक भए ४ अङ्क जोडिने गलत जवाफ भए २ अङ्क घट्दथ्यो ।सिर्जना ज्ञान सागरका शिक्षक प्रतियोगिताको सहजकर्ता  तथा मेमोरी मास्टर्स विशाल शाहले पटक पटक नियमहरू बुझाउँदै प्रतिस्पर्धीहरुका माझमा  खेलका सीमा – सन्दर्भहरू दोहोराइरहेको देखिन्थ्यो  ।

banner

-सृजना ज्ञानसागरका इसिए प्रमुख नवराज उप्रेती ,  भाइस प्रिन्सिपल शिवमणि घिमिरे, कार्यक्रमका उद्घोषक  तथा विद्यालय संयोजक उद्धव फुयाल ,विद्यालय इन्चार्ज पूर्णप्रसाद काफ्ले ,त्यसैगरी आधारभूत तह संयोजक जनार्दन अर्याल लगायत कार्यक्रम सफल पार्न खटेका जजहरू ,  स्काउटमा संलग्न बहिनीहरू, सिर्जना ज्ञान सागर विद्यालय परिवारका शिक्षक – पदाधिकारीहरू,  स्वयंसेवकहरु व्यवस्थापनमा खटिरहेको देखिन्थ्यो ।  विभिन्न स्कुलका शिक्षक प्रतिनिधि , विद्यार्थीहरुको उपस्थितिले मेमोरी स्पर्धाको गरिमा बढाएको थियो ।

कार्यक्रममा विशेष अतिथिहरू काठमाडौँ महानगर प्याप्सनका उपाध्यक्ष रविन बस्नेत, तारकेश्वर प्याप्सनका अध्यक्ष गोपाल बुढाथोकी, ओप्स सहकोषाध्यक्ष  राजेन्द्र प्रसाद फुयाल , विभूति स्कुल बाट राजेश श्रेष्ठ ,  लगायत यो मेमोरी कन्टेष्टका समस्त बाल बालिकालाई उहाँहरुले  हौसला प्रदान गर्नुभएको थियो ।  मेमोरी कन्टेष्टमा उपस्थित अतिथिहरूले विजयी प्रतिस्पर्धीलाई ट्रफी , मेडल तथा साटिफिकेट प्रदान  गर्नुभएको थियो ।  

You Might Also Like

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00