तारकेश्वर – ५ मा अवस्थित जेनियल मोडर्न एकेडेमीको आयोजनामा प्री – स्कुल ग्रेजुएसन तथा फुट्सल उद्घाटन एवं पुरस्कार वितरण कार्यक्रम एक समारोहका विच स्कुलकै परिसरमा सम्पन्न गरिएको छ।
जेनिएल मोडर्न एकेडेमीका सञ्चालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष महेश पौडेल रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने रहनुभएको थियो ।

चैत्र २१ गते सम्पन्न कार्यक्रममा , जेनियल मोडर्न एकेडेमीकी कोर्डिनेटर ज्योति तामाङले स्वागत मन्तव्य अतिथिहरूलाई दिने सिलसिलामा उहाँले स्कुलको अनुभव र ज्ञानले नयाँ अवसर र हौसला प्रदान गर्दछ भन्नुभयो। त्यसैगरी स्कुलकी विद्यार्थी ऋतिका घिमिरेले स्वागत मन्तव्य अभिभावकहरूलाई दिनुभएको थियो । मन्तव्य दिनेमा स्कुलकी पूर्व विद्यार्थी एमबिबिएस डक्टर नग्मा हुसैनले पनि कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, पूर्व नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले जेनियल मोर्डन एकेडेमी तारकेश्वरको एक अब्बल विद्यालय हो भन्नुभयो ,उहाँले यो एकेडेमीले भविष्यमा शिक्षाको क्षेत्रमा अँझै ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो। त्यसैगरी त्यसैगरी कार्यक्रममा स्कुलका सञ्चालक समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष महेश पौडेलले सही मार्ग निर्देश गर्दै बालबालिकालाई अगाडि बढाउनु हाम्रो जिम्मेवारी हो भन्दै जेनियल मोर्डन एकेडेमीलाई तारकेश्वर नगरपालिकाकै उत्कृष्ट विद्यालय बनाउने संकल्प अगाडि सार्नुभएको थियो।उहाँले यसपालि एसइइमा आउने रिजल्ट पनि उत्कृष्ट आउने विश्वास व्यक्त गर्नुभएको थियो।
काकार्यकारी निर्देशक विराज सोनाहाङ राईले आफ्नो मन्तव्यमा, उहाँले २०७६ सालदेखि विद्यालय सुरु गरेको सन्दर्भ कोट्याउँदै र कोभिडको मारमा परेको सम्झना गर्दै, निर्देशक राईले अभिभावकले साथ दिएर आज जेनिएल मोर्डन एकेडेमी यो ठाउँमा आइपुगेको भन्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यकारी निर्देशक विराज सोहाङ राईले थप विचार राख्दै उहाँले स्कुल विस्तार स्वरूप सातवटा कोठा थपेको जानकारी समेत दिनुभएको थियो। उहाँले आजका विद्यालयहरू फोरजीपीएको पछि लागेर रमाइरहेको र यसैगरी विद्यार्थीहरू पनि फोरजीपिएको पछि लागेर अगाडि बढिरहेको सन्दर्भ उल्लेख गर्दै त्यस्ता विद्यार्थीहरु जीवनमा कुनैबेला असफल भए भने नराम्रो दुर्घटना घट्न सक्ने विचार व्यक्त गर्नुभएको थियो । उहाँले फोरजीपिएको प्रतिस्पर्धा तारकेश्वरमै अत्यधिक रहेको पनि विचार व्यक्त गर्नुभएको थियो। जेनियल मोडर्न एकेडेमी इतिहास बनाउने बाटोमा अगाडि बढेको र यो अवश्य सफल मार्गतिर लाग्दै गरेको प्रसङ्ग समेत उहाँले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सानासाना विद्यार्थी भाइबहिनीहरूले नृत्य , गीत -संगीत मार्फत अतिथिहरूलाई स्वागत गर्दै आफ्नो प्रतिभा कार्यक्रममा प्रस्तुत गरेका थिए।विद्यार्थी भाइबहिनीहरूले विभिन्न मौलिक तथा सांस्कृतिक भेषभुषामा विविध गीतसंगीत ,नाटक, खेलकुद तथा नृत्य एवम् स्काउटका कार्यक्रमले उपस्थित अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका थिए।
प्रि- स्कुल ग्रेजुएसन अर्को महत्वपूर्ण र आकर्षक कार्यक्रम रहेको थियो । सानासाना बालबालिकालाई उक्त ग्रेजुएसन उपाधिको सर्टिफिकेट प्रमुख अतिथि तथा विशेष अतिथिहरू लगायत स्कुल परिवारका सदस्यहरूबाट प्रदान गरिएको थियो ।

विद्यार्थीहरुलाई स्कुलभित्र २०८१ मा गरिएका खेलकुद क्रियाकलापको प्रतियोगितामा विजय हाँसिल गरेवापत मेडल तथा सर्टिफिकेट प्रदान गरेर पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा खेलकुदप्रतिको सम्मान व्यक्त गर्दै विद्यालयले राष्ट्रिय खेलाडी बास्केटबल क्यापटेन अनुषा मल्ल ठकुरी र भलिबल , भारत्तोलनका खेलाडी रणबहादुर नगरकोटीलाई दोसल्ला ओढाएर तथा सम्मान पत्र प्रदान गरेर उच्च सम्मान व्यक्त गरेको थियो ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय कलाकार सुमन बिटीले उपस्थित दर्शकहरूलाई गीत संगीतबाट मनोरंजन प्रदान गर्नुका साथै छमछमी नचाउनु भएको थियो।
विद्यार्थीहरूले आफै फुडस्टल सञ्चालन गरेर अभिभावकहरुलाई खाजा बेचिरहेको पनि देख्न पाइन्थ्यो। सिनियर विद्यार्थीहरुले सम्पूर्ण यी कामहरु बिहानैदेखि खटेर गरिरहेका थिए । यसरी विद्यालयले बालबालिकालाई व्यवहारिक रूपमा अगाडि बढाइरहेको देखिन्थ्यो ।

प्रखर वक्ता सन्तोष न्यौपानेले सहजीकरण गरेको उक्त कार्यक्रममा वेला वेलामा प्रतिभाशाली विद्यार्थीहरूले पनि सहजीकरणमा साथ दिएका थिए। कार्यक्रममा स्कुलका सञ्चालक समितिका पदाधिकारीहरू,अभिभावकहरू, स्कुल परिवारका शिक्षक -विद्यार्थीहरू, समाजका गन्यमान्य महानुभावहरू तथा शिक्षाप्रेमीहरूको सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो ।


