Thursday, April 16, 2026

एन्जल्स स्पोर्ट्स एकेडेमीको आयोजना तथा एन्जल्स हार्ट एजुकेशन फाउन्डेशनको प्रस्तुतीमा 2nd day JCL U-12 क्रिकेटमा GHCA Shantinagar, CEC A र Nexus लाई मिल्यो सफलता

संयम दैनिक
0 कमेन्टहरु

एन्जल्स स्पोर्टस् एकेडेमी आयोजना तथा एन्जल्स हार्ट एजुकेशन फाउन्डेशन को प्रस्तुतीमा आयोजित JCL U-12, 2082 को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भए। पहिलो खेलमा Angels B र GhCA Shantinagar प्रतिस्पर्धामा खेल शुरु गरे , जहाँ टस जितेको GhCA ले पहिला बलिङ रोज्यो। Angels B ले आर्यन भट्टका 23 रन र शुभम बोहराका 13 रनको मद्दतले 85 रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा GhCA का अक्षत सापकोटाले 23 रन बनाएर नटआउट रहेपछि GhCA Shantinagar ले सहज जित आफ्नो पक्षमा पार्‍यो। उत्कृष्ट प्रदर्शनका लागि अक्षत सापकोटा म्यान अफ द म्याचमा पर्न सफल भए।

दोस्रो खेलमा CEC A र Oasis को बीचमा भिडन्त भयो । टस जितेर CEC ले बलिङ पाएपछि Oasis ले विशाल बुढाका 33 रन, दैची खड्काका 14 रन र अल्विन गिरिको अविजित 13 रनको मद्दतले 85 रन बनायो। CEC का समाज्ञराज रेग्मीले मात्र 9 रन खर्चिएर 5 विकेट लिँदै इनिङ्स अवस्थामा आफ्नो टिमलाई बलियो बनाउन सघाए। लक्ष्य पछ्याउने क्रममा कुशल बिसीले 51 रन बनाउँदै टिमलाई 8 विकेटको स्पष्ट जित दिलाए। समाज्ञराज रेग्मी उत्कृष्ट बलिङ प्रदर्शनसहित म्यान अफ द म्याच बने।

तेस्रो खेलमा Nexus Cricket Academy र GHCA Hattiban वीचमा स्पर्धा हुँदा , जहाँ टस जितेर Nexus एकेडेमीले बलिङ रोज्यो। GHCA Hattiban 38 रनमै समेटिएको इनिङ्समा सिशिर महरा र कृतन सापकोटाले वरावर 7–7 रन जोडेका थिए । Nexus तर्फ डेनिस पाण्डेले 3 विकेट र सुयोग पोखरेलले 2 विकेट लिन सफल भए। 39 रनको झिनो लक्ष्य लिएको Nexus ले 8.1 ओभरमै पूरा गर्‍यो, जहाँ रोहित धामीले 14 रनको योगदान दिए। अन्तमा Nexus ले खेलमा 7 विकेटको प्राप्ति पाएपछि सहज जित हासिल गऱ्यो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00