Friday, April 17, 2026

रमाइलो पाठशालाको १० औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीको रमाइलो प्रस्तुति

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका जरंखुस्थित रमाइलो पाठशालाका सञ्चालक समितिका अध्यक्ष अनिल भण्डारीको सभाध्यक्षता तथा तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा रमाइलो पाठशालाको १० औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम जरंखुको साझा पार्टी प्यालेसको सभा हलमा एक समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा रमाइलो पाठशालाका भाइस प्रिन्सिपल मधु सापकोटाले उपस्थित प्रमुख अतिथि , अतिथि गण तथा समस्त अभिभावक, विद्यार्थीहरूमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगरप्रमुख तथा दशौँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि कृष्णहरि महर्जनले आफ्नो मन्तव्यमा बोल्दै ,उहाँले तारकेश्वर नगरभित्र व्यवहारिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको विद्यालयको रूपमा रमाइलो पाठशालालाई प्रशंसा गर्दै , उहाँले पाठशालालाई निरन्तर अगाडि बढ्नको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

विशेष अतिथि तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले विद्यार्थीका अभिभावकहरू साउदी, दुवै ,अमेरिका , र जापान जहाँ भएपनि विद्यार्थीको स्कुलको लागि शुल्क तिर्नलाई मेहनत गरिरहनु भएको हुन्छ भन्दै , उहाँले विद्यार्थीहरूलाई बालमैत्री वातावरण विद्यालयले प्रदान गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । स्कुलका प्राचार्य वेदराज घिमिरेले सम्पूर्ण उपस्थित पाहुनाहरू, प्रमुख अतिथि लगायत विद्यार्थी – अभिभावक तथा शुभ चिन्तकका माझमा आफ्नो विचार व्यक्त गर्दै, उहाँले रमाइलो पाठशालाले शिक्षालाई वैज्ञानिक तथा संस्कारयुक्त बनाएको सन्दर्भ उल्लेख गर्दै ,विद्यालयले बलियो पूर्वाधार निर्माण गर्नुका साथै विद्यालय अगाडि बढाउनलाई रमाइलो पाठशालासँग नीति, नियम र योजना रहेको प्रष्ट पार्नुभएको थियो। तारकेश्वर नगर प्याब्सनका उपाध्यक्ष नवराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गर्दै , उहाँले विद्यालयले विद्यार्थीहरूलाई मोबाइल किनिदिनु पर्यो कुनै अभिभावकलाई भनेको छैनौँ भन्नुभयो । उहाँले यसमा अभिभावकले निगरानी राख्नु पऱ्यो भन्नुभएको थियो । त्यसैगरी अभिभावकको तर्फबाट बिपना महर्जनले आफ्नो मन्तव्य राख्दै ,उहाँले अतिरिक्त क्रियाकलापका साथै स्कुलका पूर्वाधारमा धेरै राम्रा काम भएकोले स्कुलमा हाम्रा बालबालिकाहरू बालमैत्री र अनुशासनमा पठनपाठन गरिरहेकोमा खुसी व्यक्त गर्नुभएको थियो। त्यसैगरी तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष अवसर पौडेलले आफ्नो मन्तव्य राख्दै, उहाँले २०८२ को एसईईमा रमाइलो पाठशालाका विद्यार्थीले जिपीए ४ ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो।उहाँले भौतिक पूर्वाधारमा पनि थप लगानी बढाउँदै जाने संकेत आफूले पाएको प्रष्ट पार्नुभएको थियो।

दशौँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा पूर्व तारकेश्वर नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेले रमाइलो पाठशालाका अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूले आफ्नो क्षमता विकास गरिरहेका छन् भन्नुभएको थियो। कलाकार इन्द्रदोङ लामा, वडा नम्बर ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटालगायतले दशौँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो।चर्चित गायिका सुष्मा सिंह ठकुरीले मकैबारी दऱ्यामदऱ्याम गीत गाएर उपस्थित पाहुना , अभिभावक तथा बालबालिकाहरूलाई मनोरंजन प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा जादुकला पनि देखाइएको थियो ।

banner

रमाइलो पाठशालाले १० औँ अभिभावक दिवसको दिन पारेर सबैभन्दा लामो सेवा प्रदान गर्ने अमिता बोहरा -कर्मचारीलाई नगदसहित सम्मानित गरेको थियो भने उत्कृष्ट शिक्षिका बसन्ती कार्की पनि नगदसहित सम्मानित हुनुभएको थियो। उहाँहरुले नौ वर्षदेखि लगातार रमाइलो पाठशालामा सेवा दिइरहनुभएको छ।

फागुन १६ गते सम्पन्न, उक्त कार्यक्रमको सहजीकरण आकर्षक ढङ्गले सञ्चारकर्मी दुर्गा पाण्डेले गर्नुभएको थियो । उद्घोषक पाण्डेसँगै विद्यार्थी भाइबहिनीहरूले आ -आफनो उद्घोषण कला कार्यक्रम अवधिभर देखाइरहनु भएको थियो।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मौलिकभाषा संस्कृति , परम्पराका पहिरनमा ,गीतसंगीत ,खेलकुद ,नाटक प्रस्तुत गरेर उच्च कोटीको प्रतिभा देखाउनु भएको थियो ।

रमाइलो पाठशाला व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त दशौँ अभिभावक दिवस तथा विविध सांस्कृतिक कार्यक्रमका सभाध्यक्ष अनिल भण्डारीले कार्यक्रम समापन गर्दै ,प्रमुख अतिथि लगायत अतिथिगण, विद्यार्थी ,अभिभावक, तथा समग्र विद्यालय परिवारमा आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्वान, समाजसेवी, छिमेकी विद्यालय / क्याम्पसका प्रिन्सिपलहरू , जनप्रतिनिधिहरू , शैक्षिक तथा सामाजिक संघसंस्था समितिका पदाधिकारीहरू, अभिभावक , विद्यार्थी ,शिक्षाप्रेमी , शिक्षाविद्हरूको बाक्लो उपस्थितिले कार्यक्रमको थप गरिमा बढाएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00