Thursday, April 16, 2026

लालीगुराँस विद्यासदनको पुरस्कार वितरण कार्यक्रम आफ्नै परिसरमा सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका ढकालटार – २ वडा नम्बरस्थित लालीगुराँस विद्या सदन विद्यालयको परिसरभित्र वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीको प्रमुख आतिथ्यता तथा उक्त लाली गुराँस विद्या सदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद भट्टको सभाध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सहायक प्रधान अध्यापक डालचन्द्र दवाडीले उपस्थित प्रमुख अतिथि ,अतिथिगण , विद्यार्थी तथा अभिभावकको माझमा अङ्ग्रेजीमा स्वागत मन्तव्य राख्दै , उहाँले बालबालिकाको , सर्वांङ्गीन विकास, सृजनशीलता , अनुशासन तथा सकारात्मक सोचका लागि विद्यालयले निरन्तर प्रयत्न गरिरहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा प्रमुख अतिथि एवम् तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले आफ्नो मन्तव्य राख्दै ,उहाँले कलेज पढाउनेहरूको बौद्धिक वर्ग विद्यालय व्यवस्थापन समितिमा रहेकाले यो विद्यालय अब्बल बन्दै गएको छ भन्नुभएको थियो। त्यसैगरी प्रमुख अतिथि खड्गीले आफ्नो विचार राख्दै ,सानासाना बालबालिका भोलि भविष्यका तारा हुन् भन्नुभएको थियो , प्रमुख अतिथि खड्गीले विद्यार्थीहरूमा जे क्षमता छ त्यही अनुसारअतिरिक्त क्रियाकलापमा उनीहरुले आफ्नो प्रतिभा देखाउनुपर्छ र अघि बढ्नुपर्छ भन्दै ,विद्यार्थी भाइबहिनीहरूलाई हौसला प्रदान गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल नवराज पाण्डेले मोबाइलको प्रभावले दैनिक व्यवहारमा बालबालिकाले देखाएको असर / व्यवहारलाई सुधार गर्न, मोबाइल प्रयोग घटाउन अभिभावक तथा शिक्षकहरूले ध्यान दिनुपर्ने धारणा प्रष्ट पार्नुभएको थियो। प्रिन्सिपल पाण्डेले आफ्नो मन्तव्यमा , उहाँले तारकेश्वर नगरभित्र शैक्षिक गुणस्तरमा लालीगुराँस विद्या सदन अब्बल भएको दाबी गर्नुभयो। त्यसैगरी उहाँले आफ्नो विद्यालयको गतिविधि तथा भावी कार्य योजना प्रकाश पार्दै, उहाँले वैज्ञानिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्नुको साथै भौतिक संरचनामा पनि १० कोठे भवन निर्माण तत्काल सम्पन्न गरिने सन्दर्भ अभिभावकहरूको माझमा प्रष्ट पार्नुभएको थियो।

विद्यार्थीहरूले उक्त कार्यक्रममा विभिन्न भेषभुषा संस्कृति र जातजातिका पहिरणमा गीत -संगीत ,नृत्य ,नाटक तथा खेलकुदका कार्यक्रमहरू प्रस्तुत गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
प्रमुख अतिथिबाट हौसला स्वरूप विद्यार्थीहरूले वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कारमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।

२०८२/११/१६ गते शनिबार ,लालीगुराँस विद्या सदन विद्यालयद्वारा आयोजित वार्षिक पुरस्कार वितरण कार्यक्रममा अतिथिका रुपमा समाजसेवी एवंम शिक्षाप्रेमी राजा डंगोल, राजकुमार डगोल, सुरेन्द्र तिमलसिना, नेत्र प्रसाद शर्मा, कृष्ण लामा,सुवास भट्ट , विद्यालय व्यवस्थापन /संचालक समितिका सदस्यहरूलगायत अभिभावकहरु, विद्यार्थी भाइबहिनिहरू ,शुभचिन्तक , शैक्षिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरू, शिक्षा प्रेमी वर्गको उपस्थितिले उक्त कार्यक्रमको महत्व बढाएको थियो । कार्यक्रमको सहजीकरण स्कुलकै शिक्षक आशिष शिवाकोटीले गर्नुभएको थियो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00