काठमाडौं ।
जन संस्कृति नेपाल ललितपुरद्वारा आयोजित अन्तर–विद्यालय तीज नृत्य प्रतियोगिता–२०८३ का प्रमुख अतिथि नागार्जुन नगरपालिकाका एन प्याब्सनका अध्यक्ष चन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा एक समारोहका बीच सम्पन्न भएको छ । जनसस्कृति नेपालका अध्यक्ष केपी पौडेलको सभाध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

१९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै गण्डकी पब्लिक स्कुल म्हैपीले पहिलो स्थान हासिल गरेको हो। कार्यक्रममा द्वितीय स्थानको लागि त्रिलोक चिल्ड्रेन, तेजस्वी , फ्लोरोसेन्ट विद्यालयहरू पुरस्कृत भएका थिए। तृतीय स्थानमा स्वाती सदन र न्यू होराइजन विद्यालय पुरस्कृत हुन सफल भए । त्यसैगरी कन्सोलेसन पुरस्कार सृजना ज्ञानसागर स्कुल तारकेश्वरले हात पार्न सफल भयो।
कार्यक्रमका प्रमुख अतिथि नागार्जुन एन प्याप्सनका अध्यक्ष चन्द्र क्षेत्रीले आफ्नो मन्तव्यमा सबै विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै सहभागिता जनाउनु पनि एक प्रकारको विजय हो भन्दै हौसला प्रदान गरे । कार्यक्रमका सभाध्यक्षले आफ्नो मन्तव्य राख्दै उनले विद्यार्थीको अन्तर्निहित प्रतिभा / क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ अतिरिक्त यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको जन संस्कृति नेपालका अध्यक्ष कृष्णप्रसाद पौडेलले भने । उनले आफ्नो मन्तव्यमा यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई मनोरञ्जन दिनुका साथै उनीहरूको प्रतिभाको विकास हुने गर्दछ भन्ने सन्दर्भ उल्लेख गरे।
उता प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरूले ट्रफी मेडल तथा प्रमाणपत्र उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथि वर्गबाट प्राप्त गरेका थिए।
प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यमा कला, अनुशासन, मेहनत र सिर्जनशीलताको संयोजन देखिएको आयोजकले जनाएको छ ।
जन संस्कृति नेपालले ,नेपालमा संस्कृति, कलाको विकासको लागि यस्ता प्रकारका कार्यक्रमहरू वर्षेनी गर्दै आएको जनाएको छ। विद्यार्थी जीवनदेखि नै आफ्नो संस्कृतिका पाटाहरू पहिचान गर्दै गएमा सिंगो देशकै संस्कृति ,कला -साहित्यको विषयमा बुझ्न बुझाउन सजिलो हुने सन्दर्भ आयोजक संस्थाले प्रष्ट पारेको छ।
अन्तर – विद्यालय तीज नृत्य प्रतियोगितामा विभिन्न विद्यालयका प्रिन्सिपलहरू, शिक्षक प्रतिनिधि ,विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

