Thursday, April 16, 2026

लालीगुराँस विद्या सदन विद्यालयको वार्षिक पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका वडा नं २ ढकालटार स्थित लालीगुराँस विद्या सदन विद्यालयले एक समारोहका बीच पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

२०८१ फागुन १७ गते शनिबार सम्पन्न , उक्त कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष श्री शंकर प्रसाद भट्टकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि  तारकेश्वर नगरपालिकाकी उपमेयर श्री सिर्जना बुर्लाकाेटीले आफ्नो मन्तव्यका क्रममा ,उहाँले  छाेटाे समयमा नै विद्यालयले गरेकाे प्रगतिकाे प्रशंसा गर्नुभएकाे थियाे। प्रमुख अतिथि उपमेयर बुर्लाकोटीले विद्यालय बालमैत्री र सरल सिकाइमा आधारित हुपर्छ भन्नुभयो। उहाँले लालीगुराँस विद्यासदन विद्यालयले वालमैत्री सिकाइ अनुशरण गर्दै आएको सन्दर्भ औल्याउनुभयो  ।  विशिष्ट अतिथिकाे रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  प्राेफेसर  डाक्टर सुरेन्द्र प्रसाद भट्टले विद्यालयले गरिरहेका कामहरु प्रति खुसी प्रकट गर्नुभएकाे थियाे। तारकेश्वर प्यावसनका    उपाध्यक्ष श्री नवराज न्यौपानेले आफ्नो विचार राख्दै , उहाँले नयाँ व्यवस्थापनकाे टिमले विद्यालयकाे शैक्षिक र भौतिक संरचनामा आमूल परिवर्तन गरी अगाडि बढिरहेकाेमा हार्दिक बधाई सहित शुभकामना दिनुभएकाे थियाे । उक्त कार्यक्रममा संचालक समिति सदस्य श्री सुजन लामिछानेले  आफ्नो धारणा राख्दै , उहाँले विद्यार्थीहरुकाे सङ्ख्यामा आएको वृद्धिसगैँ नयाँ भवनकाे निर्माण र नयाँ स्कुल बस खरिद गरिसकिएकाे जानकारी गराउनुभएकाे थियाे। विद्यालयकाे वर्तमान अवस्था र भावी रणनीतिका सम्बन्धमा प्रधानाध्यापक श्री नवराज पान्डेले आफ्नो धारणा स्पष्ट पार्नु भएको थियो ।   उक्त कार्यक्रमको संयाेजन विद्यालयका सहायक प्रधानाध्यापक श्री डालचन्द्र दवाडीले गर्नुभएकाे थियो।

विद्यार्थीहरुले मौलिक भेषभूषाका पहिरणमा  विशेष कला संस्कृतिका नृत्य,  गीत – संगीतका कार्यक्रम  नाटक, खेलकुद ,
भाषण कला प्रस्तुत गरी  अतिथि एवम् अभिभावकहरुको मन जितेका थिए।    २०८१ मा विद्यालयमा संचालित विभिन्न अतिरिक्त क्रियाकलाप लगायत अन्य बिधाहरुमा सहभागी भई पहिलाे,दाेस्राे हुने विद्यार्थीहरुलाई अतिथिहरुबाट  पुरस्कार वितरण गरी बालबालिकालाई हौसला    प्रदान गरिएको थियो  ।

शिक्षाप्रेमी, प्रखर वक्ता बलराम  रेग्मीले उद्घोषण गरेको कार्यक्रममा विद्यार्थी भाइ बहिनीले पनि सुमधुर उद्घोषण गरेका थिए । कार्यक्रममा विभिन्न शैक्षिक संघसंस्थाका पदाधिकारीहरू, स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपलहरू, समाजसेवी व्यक्तित्वहरू जनप्रतिनिधि, तथा विद्यार्थी – अभिभावकहरूको उपस्थितिले कार्यक्रमको अझ गरिमा   बढाएको  थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00