Thursday, April 16, 2026

एभरेस्ट किड्स इङ्लिस स्कूलको दशौँ  वार्षिकोत्सव तथा अभिभावक दिवसका साथै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाको नेपालटारमा स्थित एभरेस्ट किड्स  इङ्लिस  सेकेन्डरी  स्कुलको  दशौँ वार्षिक उत्सव तथा अभिभावक दिवसका साथै विविध सांस्कृतिक कार्यक्रम आफ्नै स्कुल परिसरभित्र एक भव्य समारोहका बीच सम्पन्न गरिएको छ।

२०८१ फागुन २ गते शनिबार सम्पन्न  कार्यक्रममा, प्रमुख अतिथि वरिष्ठ हास्यव्यङ्ग्य कलाकार उत्तम केसी रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा दशौँ  वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमका सभाध्यक्ष उपेन्द्र अधिकारीले  सभाध्यक्षता गर्नुभएको थियो। 

अतिथिहरूलाई विद्यार्थीहरूले स्वागत नृत्य, स्वागत गीत ,स्वागत मन्तव्य र स्वागत खेलका साथै स्काउट टिमबाट पनि  स्वागत गर्नुभएको थियो ।  उक्त कार्यक्रममा स्कूलकी शिक्षिका शुष्मा  बगालेले  अतिथि तथा अभिभावकहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो। यसैगरी स्वागत मन्तव्य दिनेहरुमा तारकेश्वर प्याब्सनका उपाध्यक्ष नवराज न्यौपानेले आफ्नो मन्तव्य राख्दै, उहाँले  घरको रोल मोडेल अभिभावक नै हो भन्नुभएको थियो। उपाध्यक्ष न्यौपानेले,  बालबालिकालाई मोबाइलबाट टाढा राख्ने प्रयत्न गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी उहाँले  बालबालिकालाई घरमा समय उपलब्ध गराउनु पर्ने त्यसले गर्दा बालबालिका गलत बाटोमा जान नसक्ने र आपसी पारिवारिक विश्वास बढ्ने सन्दर्भ उल्लेख गर्नुभएको थियो।केन्द्रीय प्याबसन सदस्य तथा हिमरश्मि स्कुलका प्राचार्य लोकेन्द्र बहादुर खड्काले तारकेश्वरका संस्थागत ६०-६५ विद्यालयको महत्वपूर्ण विद्यालयमध्येमा एभरेस्ट विद्यालय पनि  पर्दछ  भन्नुभएको थियो। उहाँले विद्यालयले न्यून शुल्कमा जीवन उपयोगी शिक्षा दिइरहेको धारणा व्यक्त गर्नुभएको थियो।त्यसैगरी आफ्नो मन्तव्य राख्दै , समाजसेवी सुशील भट्टले नेपालमा बसी खानको लागि  जीवन उपयोगी शिक्षा चाहिन्छ त्यो वातावरण भित्र्याउन विद्यालयहरूबाटै सुरु गर्नुपर्छ भन्ने धारणा उहाँले प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा स्कुलका प्राचार्य नारायण पोख्रेलले आफ्नो मन्तव्य राख्दै, उहाँले  व्यवहारिक शिक्षालाई जोड दिँदै ,  उहाँले आफ्नो स्कुलका  विद्यार्थीहरू विश्वमा जहाँ पनि जान सक्ने, प्रतिस्पर्धा गर्न सक्ने र फेरि देशमै फर्केर राष्ट्रको निम्ति केही गर्ने संस्कारका विद्यार्थीहरू स्कुलले उत्पादन गर्ने धारणा राख्नुभएको थियो। प्राचार्य पोख्रेलले आफ्नो मन्तव्यमा उहाँले आउँदा दिनमा १२ कक्षासम्मको पढाइ  स्कुलले सञ्चालन गर्ने योजना बनाएको जानकारीसमेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सफलताको मन्तव्य दिने सिलसिलामा अर्थविद तथा शिक्षासेवी घनश्याम खड्काले शिक्षालाई जति तन्काए पनि यसमा खासै परिवर्तन नदेखिएको सन्दर्भ  राख्दै, उहाँले व्यवसायिक शिक्षा प्रणाली निर्माण गर्ने कुरा आज पनि खड्केको विचार व्यक्त गर्नुभएको थियो।  उहाँले आफ्नो मन्तव्यमा भोलिको भविष्य भनेको संस्थागत विद्यालय हो भन्दै , उहाँले एन प्याबसन, हिसान र  प्याब्सन सबै एकै ठाउँमा आएर गुणात्मक रुपमा प्रतिस्पर्धा गर्न सके मात्र शिक्षाले परिवर्तन लिन सक्छ भनुभयो। यसैगरी विद्यालयका निर्देशक तथा एसोसिएट प्रोफेसर ईश्वर न्यौपानेले आफ्नो मन्तव्यमा विद्यालय र विद्यालयको गतिविधिबारे प्रष्ट पार्दै, उहाँले एउटा असल विद्यालय हुनलाई अभिभावक, शिक्षक, विद्यार्थी र  सञ्चालक यी चारवटा तत्वहरुले एक आपसमा सहकार्य गर्दै अगाडि बढे विद्यालय अब्बल हुन सक्ने धारणा सर्वमान्य रहेको विचार  व्यक्त गर्नुभएको थियो।उहाँले आफ्नो मन्तव्यमा शिक्षकलाई सम्मान दिनु नै शिक्षामा विकास गर्नु हो भन्दै, उहाँले शिक्षालाई सेवासँग जोड्न आग्रह गर्नुभएको थियो।उहाँले विद्यालयको भर्खर निर्माण भएको नयाँ भवनमा आउँदा दिनमा विद्यार्थीहरूको  पठनपाठन सुरु हुने र एभरेस्ट इङ्लिस स्कुलले विद्यार्थीलाई सक्षम र सबल बनाउन लागि परेको विचार  व्यक्त गर्नुभएको थियो।  कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ कलाकार उत्तम केसीले विद्यालय सञ्चालन गर्नु भनेको  विद्यार्थीको शिक्षा निर्माणमा विद्यालय परिवार जिम्मेवार  बन्नु हो भन्दै, उहाँले सबै विद्यार्थी शिक्षक र व्यवस्थापन तहले गरेको कामको प्रशंसा गर्नुभयो। प्रमुख अतिथि केसीले ,उपस्थित अभिभावक विद्यार्थी र अतिथिहरूलाई एभरेष्ट किड्स इङ्लिस स्कुलको तर्फबाट धन्यवाद  ज्ञापन गर्नुभएको थियो।

banner

कार्यक्रममा बालबालिकाले आफ्नो प्रतिभा देखाएका थिए। विभिन्न जातजातिका मौलिक संस्कृति झल्काउने भेषभूषा पहिरिएर   तराई ,,पहाड ,हिमाललाई  यो उत्सवमय कार्यक्रमले, प्रतिनिधित्व गरिरहेको थियो  । कार्यक्रममा विविध  सांस्कृतिक कार्यक्रम लगायत  खेलकुद प्रदर्शन, नाटक मञ्चन, स्काउटका सन्देश   तथा राष्ट्र प्रेमले भरिएका गीतहरूको प्रस्तुति दिएर विद्यार्थी भाइबहिनीहरूले आफ्नो प्रतिभा देखाइरहेका थिए । एभरेष्ट  किड्स इङ्लिस स्कुलका  शिक्षिकाहरुले विद्यार्थीहरूलाई हौसला दिन  उत्कृष्ट  सामूहिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयले गत साल एस ई ईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो , विद्यालयले  ती विद्यार्थीहरूलाई विदाई कार्यक्रम यही अवसरमा सम्पन्न गरेको थियो

राष्ट्रिय कलाकारहरूको उपस्थितिले सांस्कृतिक कार्यक्रम तथा प्रहसनबाट  अझै मनोरञ्जनपूर्ण र  रमाइलो वातावरणमा सम्पन्न भएको थियो। स्थापित चलचित्र कलाकार तथा गायक राजन चौलागाई – खैराते,वरिष्ठ लोक गायकहरु नवराज घोरासिनी,  आशा लामा , हास्यव्यङ्ग्य कलाकार गोपाल ढकाल – छन्दे ,कमेडी च्याम्पियन सिजन तेश्रोका  उदाउँदा  कलाकार रुपेश गौतमको प्रस्तुतीले कार्यक्रममा थप रौनक र उत्साह भरेको थियो। कलाकारहरूको बेजोड प्रस्तुतिमा स्कुल परिवारका प्रिन्सिपल सहित शिक्षक , शिक्षिका विद्यार्थीहरू ,अभिभावक नाचिरहेको देखिन्थ्यो ।

कार्यक्रममा  विशिष्ट अतिथि प्राध्यापक गिरिराज पोखरेल , प्राडा पूर्व डीन दीप बहादुर अधिकारी त्यसैगरी विशेष अतिथिहरूमा प्यावसन बागमती प्रदेश सदस्य राजेन्द्र प्रसाद फुयाल , तारकेश्वर शैक्षिक मञ्च अध्यक्ष झनकराज शर्मा  , तारकेश्वर शैक्षिक मञ्च  वरिष्ठ उपाध्यक्ष अवसर पौडेल तथा  तारकेश्वर प्याब्सन अध्यक्ष गोपाल बुढाथोकी ,पूर्व काठमाडौँ  प्याबसन अध्यक्ष तथा दीपशिखा  मा . वि .का प्रिन्सिपल दीपक कुमार गुरुङलगायत तारकेश्वर प्याब्सनका पदाधिकारीहरू , तारकेश्वर  शैक्षिक मन्चका  पदाधिकारीहरू  , विभिन्न सामाजिक  सङ्घसंस्थाका प्रतिनिधिहरू, स्कुल व्यवस्थापन समितिका पदाधिकारीहरू विभिन्न छिमेकी स्कुलका प्रिन्सिपलहरू, भाइस प्रिन्सिपलहरु,  अभिभावकहरु, विद्यार्थी भाइबहिनीहरुको  गरिमामय उपस्थितिले   स्कुलको परिसरभरिएको थियो। बेलुका ५ बजेसम्म  अभिभावकहरु आफ्ना बालबालिकाको प्रतिभा हेर्नलाई बसिरहनुभएको थियो।

स्कुलकै शिक्षक हरि रेग्मीले कलात्मक रूपले सहजीकरण गरेको कार्यक्रममा स्कुलका प्रतिभाशाली बालबालिकाले पनि  आत्मविश्वासका साथ सहजीकरण गर्नुभएको  थियो । कार्यक्रम समापन गर्दै  स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक दिवस एवं सांस्कृतिक कार्यक्रमका सभाध्यक्ष उपेन्द्र अधिकारीले स्कुललाई विश्वास गर्ने  , अभिभावक ,उपस्थित अतिथि जनहरु  तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।]

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00