Thursday, April 16, 2026

काठमाडौँ जिल्ला प्याब्सनको आयोजनामा देशव्यापी यु-१५ क्रिकेट लिगको ट्रफी तथा जर्सी अनावरण , माघ २८ गतेबाट मूलपानी क्रिकेट मैदानमा स्पर्धा शुरू

संयम दैनिक
0 कमेन्टहरु

काठमाण्डौं ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याव्सन काठमाण्डौंको आयोजनामा प्रथम
पटक हुन गइरहेको पिसिएल यु – १५ लिग क्रिकेट छात्र प्रतियोगिताको ट्रर्फी तथा जर्सी अनावरण कार्यक्रम प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

काठमाण्डौंको धुम्वाराहीमा आज एक भव्य समारोहका बिच प्याव्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारी र आयोजक काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टद्वारा संयुक्त रुपमा ट्रफि तथा जर्सीसहित सहभागी टिमको नाम, टिमको लोगो, टिमको प्रायोजक, र ‘एन्थम’ पनि सार्वजनिक गरिएको थियो ।

माघ २८ गतेदेखि मूलपानी क्रिकेट मैदानमा संचालन गरिने प्रतियोगितामा आयोजक प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्यान्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेश रोयल्सका ८ छात्र टिमद्वारा लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ।

स्पर्धामा ८० लाख खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा ८ टिमका लागि प्रायोजक समेत भेटिएका छन् । जहाँ बागमती च्यालेन्जर्सको साउथ वेस्टर्न स्टेट कलेज, काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स),मधेशको ट्रिटन मावि /कलेज, कोशीको फेका, कर्णालीको विनायक सिद्ध कलेज, गण्डकीको प्याब्सन काठमाडौं मेट्रो, सुदूरपश्चिमको तलेजु प्रकाशन, लुम्बिनीको प्याब्सन चन्द्रागिरी नगर कमिटी प्रायोजकको रुपमा रहेको जानकारी आयोजकद्वारा प्रष्ट पारिएको छ ।

banner

यो उत्सवमय समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्रतियोगिताको माध्यमले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न सहयोग हुने विश्वास व्यक्त गदै प्रतियोगिताले क्रिकेट खेल क्षेत्रको विकास तथा पर्वद्धनमा यस्ता स्पर्धाले योगदान पुयाउने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा केन्द्रीय अध्यक्ष अधिकारीले दुखको बेलामा आफन्तको पहिचान हुन्छ भन्दै अधिकारीले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट ५ लाख र आफ्नो विद्यालय भ्याली पब्लिक स्कुलबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत व्यक्त गर्नुभयो।

ट्रफी तथा जर्सी अनावरण कार्यक्रममा आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गरिने योजना प्रष्ट पार्दै उहाँले संघर्षवाट छानिएको टीमलाई अगाडि बढाउने कुरामा कुनै कसर नराख्ने जनाउनु भएको थियो । भट्टले यसबाट क्रिकेट संस्थागतरूपमा नेपालमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजक तथा प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुनले प्याब्सनले क्रिकेट खेलको क्रेजलाई आत्मसाथ गदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गर्न लागेको बताँउदै प्रतियोगिताबाट संभावित नयाँ खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयोजक धनबहादुर पुनले २५ गते बिहान कार्यक्रम हुँदासम्म ४३ लाख रुपैयाँको कन्फर्म भएको सञ्चारकर्मीलाई जानकारी गराउनु भएको थियो।
कार्यक्रममा प्याब्सन बागमतीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले ४ लाख, केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपाल आचार्यले ५ लाख सहयोग घोषणा गर्नुभयो।

प्रतियोगिता खेलकुद निर्देशक खिमबहादुर थापाले आजको कार्यक्रम केवल ट्रफी र जर्सी अनावरण मात्र नभई यो नेपालमा विद्यालय स्तरको क्रिकेटको भविष्य, अनुशासन र टोली भावनाको उत्सव हो भन्नु भएको थियो ।
काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याव्सन काठमाण्डौंका उपाध्यक्षहरु सूर्य बहादुर भण्डारी, आर वि अधिकारी, इशु गुरुड, प्याब्सन काठमाण्डौंका कोषाध्यक्ष डिएन अधिकारी लगायत प्याव्सन काठमाण्डौं जिल्ला कार्यसमितिका पदाधीकारी तथा सदस्यहरु, काठमाण्डौं जिल्ला प्याव्सन अन्तर्गत बिभिन्न नगर प्याव्सनका अध्यक्ष तथा पदाधीकारीहरु, कार्यक्रमका प्रायोजकहरु, क्रिकेटका प्रशिक्षकहरु लगायत क्रिकेट प्रेमिहरुको उपस्थीति रहेको थियो ।

माघ २८ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने ,एन्जल्स स्पोट्र्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा सम्पन्न हुने प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकद्वारा जनाइएको छ।त्यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई जनही ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक काठमाण्डौ जिल्ला प्याव्सनले जनाएको छ ।
अहिले देशव्यापी रूपमा क्रिकेट खेलाडी, क्रिक्रेट खेलका संघ संस्थाहरुले तथा क्रिकेट प्रेमीहरूले यो प्रतियोगितालाई क्रिकेट पर्वको रूपमा लिएको बुझिएको छ । कार्यक्रमको सहजीकरण प्याब्सन काठमाडौँका सह-सचिव सौर्मनाथ आचार्यले गर्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00