जेठ १३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको तारकेश्वर नगर प्याबसनको अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिताको परिणाम जेष्ठ १५ र १६ गतेको तारकेश्वर नगर प्याक्सनका ५८ विद्यालयमध्ये सहभागी २० विद्यालयको स्पर्धापछि सार्वजनिक गरिएको छ ।
जेठ १५ र १६ गते तारकेश्वर ८ शान्तिटोलमा अवस्थित शान्तिटोल ब्याडमिन्टन क्लवमा भएको स्पर्धामा जुनियर छात्रतर्फ जीवनज्योती प्रथम स्थानमा , दोस्रोमा रोजमेरी आइडल, तेस्रोमा हिमरश्मि र स्प्रिङ भ्याली बिजेता बन्न सफल भएका छन् । छात्रातर्फ पहिलो हुनेमा हिमरश्मि हाई स्कुल , दोस्रोमा स्प्रिङ भ्याली एकेडेमी, तेस्रो स्थानमा जीवन ज्योती र कौशल अङ्ग्रेजी मावि पर्न सफल भएका छन् ।
त्यसैगरी सिनियर छात्रतर्फ रोजमेरी आइडल स्कुल पहिलो हुन् सफल भएको छ भने दोस्रोमा हिमरश्मि हाई स्कुल, तेस्रो स्थानमा कौशल मवि र स्प्रिङ भ्याली एकेडेमी सुरक्षित रहन सफल भएकाछन् । छात्रातर्फ प्रथम हुनेमा लालीगुराँश नेशनल एकेडेमी, दोस्रोमा हिमरश्मि हाई स्कुल, तेस्रो पुरस्कार कौशल मा वि र जीवन ज्योती स्कुलले हात पार्न सफल भएका छन् ।
मिक्स डबलतर्फ प्रथम हुनेमा लालीगुराँश नेशनल एकेडेमी, दोस्रोमा स्प्रिङ भ्याली एकेडेमी रहे भने हिमरश्मि हाई स्कुल र आगमन एकेडेमी तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं प्यावशनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले विजयी विद्यालय तथा खेलाडीहरुलाई ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
