Friday, November 6, 2026

प्याब्सन तारकेश्वरको चाडपर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तारकेश्वर नगर समितिको आयोजनामा शुभदीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता तथा तारकेश्वर नगर प्याब्सन कार्यसमितिका अध्यक्ष गोपाल बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारी, प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष धनबहादुर पुन, प्रा.डा. केशव खड्का, प्याब्सन तारकेश्वरका अध्यक्ष गोपाल बुढाथोकी, एनप्याब्सन तारकेश्वरका अध्यक्ष केशवराज शर्मा, अपेन तारकेश्वरका अध्यक्ष निर्मला सिलुवाल तथा तारकेश्वर खेलकुद विकास समितिका संयोजक विक्रम खड्गीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुभकामना दिने वक्ताहरूले नेपाली समाजका मौलिक चाडपर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने धारणा व्यक्त गरे। उनीहरूले चाडपर्वले समाजमा सकारात्मक ऊर्जा र एकताको सन्देश प्रवाह गर्ने उल्लेख गर्दै सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरे।त्यसैगरी, तारकेश्वर क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न संस्थागत विद्यालयहरूबीच सहकार्य, समन्वय र आपसी एकता आवश्यक रहेकोमा पनि वक्ताहरूले जोड दिएका थिए। शुभकामना मन्तव्यमा तारकेश्वर नगरमा शिक्षा र खेलकुदमा लोभलाग्दो विकास भएको सन्दर्भ पनि उल्लेख गरिएको थियो।प्याब्सन तारकेश्वरका उपाध्यक्ष नवराज न्यौपानेले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा समितिका सचिव झनकराज शर्माले सहजीकरण /सञ्चालन गरे । कार्यक्रमले शिक्षा क्षेत्रका विभिन्न संस्थाबीच आपसी सम्बन्ध विस्तार, सहकार्य र सद्भाव अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00