जापान लगायत देशभर १२ कक्षाको परीक्षा सुरु भएको छ । देशभरका करिब ५ लाख ११ हजार ५ सय पच्चिस विद्यार्थीहरू परीक्षामा आजदेखि सहभागी भइरहेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने १२ कक्षाको परीक्षा सञ्चालनमा ४८,२०९ जनशक्ति खटाइएको जनाइएको छ । नेपाल शिक्षक महासंघको आन्दोलनको कारण१० दिनपछि सरेको परीक्षामा तारकेश्वर नगरपालिका काठमाडौँकै ७३ वर्षीय आमा पनि १२ कक्षाको परीक्षा दिँदै गरेको तस्बिरले शिक्षा प्रेमीहरूलाई आकर्षित गरिरहेको छ ।
अर्कोतिर कारागारको जीवन बिताइरहेका छ जना विद्यार्थीहरूलाई पनि परीक्षा दिन कारागारबाटै व्यवस्था मिलाइएको छ। कुनै पनि परीक्षार्थीले यदि मोबाइल प्रयोग गरी चिट चोरेको पाइएमा उसको सम्पूर्ण परीक्षाहरू खारेज गर्ने जनाइएको छ। समग्रमा आजको परीक्षा मर्यादित रूपमा सम्पन्न भएको जनाइएको छ।