तारकेश्वर न प नं २ स्थीत स्प्रिङ भ्याली एकेडेमीमा आज सम्पन्न हस्तलेखन प्रतियोगितामा ३३ विद्यालयका ६४ विद्यार्थीले भाग लिएका थिए|

श्रावण १७ गते सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर न पा वडा नं २ का वडा अध्यक्ष श्री राधाकृष्ण खड्कीको प्रमुख आतिथ्य रहेको थियो । बालबालिकाका अक्षरहरूलाई सुधार गर्ने, अक्षरको महत्त्व बुझाउने तथा जिल्लास्तरीय प्रतियोगिताको छनोटको उद्देश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रममा जुनियर तहको इङ्लिस र सिनियर तहको नेपाली हस्तलेखन प्रतियोगितामा विभिन्न विद्यालयका ४ -४ जना विद्यार्थीहरू जिल्ला स्तरीय प्याव्सनको यस्तै प्रतियोगिताको लागि छनौट भएका छन| छनोट हुने विद्या र्थी तथा स्कुलहरुमा ,
जुनियर तहवाट
१) यस्मी तमाङ -आगमन स्कुल
२) आश्री सेढाई -स्प्रिङ भ्याली एकेडेमी
३) सागर श्रेष्ठ -एन्जल्स हार्ट
४) सुमिना सुवेदी -लालिगुँरास नेसनल स्कुल
सिनियर तहवाट:
१) बन्दना राई -स्प्रिङ भ्याली एकेडेमी
२) मिङ्सरा लामा – तेजश्वी एकेडेमी
३) दिबिसा सापकोटा -प्रारम्भ वर्ड
४) खुशी अधिकारी – ल्याण्डमार्क एकेडेमी
पर्न सफल भएका छन् ।
कार्यक्रममा तारकेश्वर प्याबसनका पदाधिकारीहरू, विद्यार्थी , शिक्षकहरुको उपस्थिति रहेको थियो ।
