Friday, April 17, 2026

हिसान तारकेश्वरले भोलि र पर्सि वास्केट बल र फागुन २३ गते क्विज कन्टेष्ट आयोजना गर्ने

संयम दैनिक
0 कमेन्टहरु

हिसान तारकेश्वरले  लालीगुराँस नेसनल एकेडेमीको संयोजकत्वमा बास्केटबल प्रतिस्पर्धा आयोजना गर्ने भएको छ। उक्त जनकारी ,हिसान अध्यक्ष लिलबहादुर पुनको सभाध्यक्षतामा बसेको प्रेस विज्ञप्ति कार्यक्रमले  लालीगुराँस नेसनल एकेडेमीको प्राङ्गणमा पत्रकार सम्मेलन गरी सार्वजनिक  गरिएको हो।  । भोलि र पर्सि लगातार चल्ने कार्यक्रममा, भोलि उद्घाटन कार्यक्रम हिसानका अध्यक्ष तथा शिक्षासेवी लिल बहादुर पुन र लालीगुराँस नेशनल एकेडेमीका सञ्चालक समिति अध्यक्ष जोगेन्द्र के .सी .ले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्ने समय  बिहानको ठिक ७ . ३० बजे जनाइएको छ ।

लालीगुराँस नेसनल एकेडेमीको प्राङ्गणमा छात्रतर्फ छ  विद्यालयहरू प्रतिस्पर्धा गर्दैछन् भने छात्रातर्फ चार विद्यालयहरू स्पर्धा गर्दैछन् ।
कार्यक्रममा स्पोर्ट्स कोर्डिनेटर राजेश रायमाझीले  सहभागी हुने विद्यालयका नाम  र केही प्रतिस्पर्धाका आधारभूत नियमहरू बताउँदै , उहाँले लालीगुराँस नेसनल एकेडेमीको संयोजकत्वमा कार्यक्रम सम्पन्न हुन गइरहेको प्रष्ट पार्नुभएको थियो।   कोर्डिनेटर रायमाझीले तारकेश्वर हिसान क्विज कन्टेस्ट आयोजना  फागुन २३ गते गर्ने र उक्त कार्यक्रम सफल पार्न  सिर्जना ज्ञानसागर विद्यालयले कार्यक्रम संयोजकत्वको भूमिका निर्वाह गर्ने थप जानकारी समेत  दिनुभएको थियो।

त्यसैगरी वास्केट बल कायक्रमका  संयोजक विद्यालयका प्रिन्सिपल तथा तारकेश्वर प्याप्सनका अध्यक्ष गोपाल बुढाथोकीले बास्केटबलमा अरु विविध खेलहरूमा जस्तै हिसान तारकेश्वरका विद्यार्थीले पनि राम्रै गर्ने विश्वास  व्यक्त  गर्नुभएको थियो।


ओपसअध्यक्ष तथा हिसानका प्राज्ञिक सल्लाहकार लोकेन्द्र बहादुर खड्काले हिसान तारकेश्वरले छोटो समयमा धेरै राम्रा काम गरेको , काठमाडौँका जिल्ला स्तरीय विभिन्न खेलहरुमा तारकेश्वर  हिसानको भूमिका र स्पर्धामा विजय बन्ने सिलसिला अगाडि बढ्दै गरेकोमाखुसी व्यक्त गर्दै,  उहाँले हिसान तारकेश्वरले विद्यार्थीहरूलाई प्रतिस्पर्धामा अब्बल हुनलाई प्रेरित गरिरहेको सन्दर्भ औल्याउनु भएको थियो।

banner


  फागुन  १५ गते  सम्पन्न उक्त कार्यक्रममा, सभाध्यक्ष लिलबहादुर पुनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै  ,  उहाँले विद्यार्थीलाई पठनपाठन उत्कृष्ट बनाउनुको साथै उनीहरूको स्वास्थ्य र इथिकल व्यवहारलाई पनि जिन्दगीमा हार जितको आयाम सिकाउने गरी विद्यार्थी परिपक्क बनाउनु हिसानको उद्देश्य रहेको प्रष्ट पार्नुभएको थियो।हिसान अध्यक्ष लिलबहादुर पुनले आफ्नो मन्तव्यमा सहकार्य र सहमतिले मात्र आजको युगमा उत्कृष्ट कार्यक्रम दिनसक्ने तथ्य औल्याउनु भएको थियो।

प्रतिस्पर्धामा विजय हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूले  शिल्ड ,मेडल तथा सर्टिफिकेटहरू प्राप्त गर्नेछन् , भन्दै उहाँले उपस्थित सबै खेलप्रेमीहरूलाई धन्यवाद समेत दिनुभएको थियो।


हिसान तारकेश्वर स्पोर्ट्स  कोर्डिनेटर राजेश रायमाझीले सहजीकरण  गरेको उक्त कार्यक्रममा हिसान तारकेश्वर सचिव तथा प्रारम्भ  वर्ल्ड विद्यालयका प्रिन्सिपल  कमल ज्ञवाली लगायत खेल प्रशिक्षक, विभिन्न विद्यालयबाट आउनुभएका प्रिन्सिपल  ,भाइस प्रिन्सिपल , विद्यालय प्रतिनिधिहरू, शिक्षक – कर्मचारी र पत्रकारहरूको उपस्थिति रहेको थियो। 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00