अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबल खेलाडी मेसी भारत भ्रमणमा आइपुगेका छन्। उनले भारतका प्रधान मन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी भारतका प्रसिद्ध कलाकार शाहरुख खान लगायत अन्य सेलिब्रेटीहरुले पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । संचार माध्यममा आए अनुसार उनलाई हेर्नलाई मात्र भारु २२५० देखि ७६७० सम्मको टिकट बुकिङ भएको जनाइएको छ । उनी ११ वर्षपछि आउँदा उनका हज्जारौँ फ्यानले भारतमा घेरिएका छन् । उनको आगमनसँगै उनको सुरक्षामा भारत सरकारलाई चुनौती थपिएको छ । उनी वानखेडे स्टेडियममा भारतका क्रिकेट खेलाडी सचिन तेंदुलकरसँगै देखिने छन्।