एन्जल्स् स्पोर्टस् एकेडेमीको आयोजना तथा एन्जल्स् हार्ट एजुकेसन फाउन्डेशनको प्रस्तुतीमा
JCL–U12 2082 को पहिलो दिन रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू भएका छन्। तीनवटा खेल सम्पन्न हुँदा Angels A, Kings Cricket Academy, र DAV Academy ले जित हात पारे।
Match 1: Angels A vs CeC Bhaktapur
CeC Bhaktapur ले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको Angels A ले 15 ओभरमा 132/6 रन बनायो।कप्तान अभिषेक कठायतले उत्कृष्ट 50(43) रन जोड्दै टिमलाई बलियो अङ्क जोडे भने आरव खड्काले 21 रन जोड्न सफल भए।CeC तर्फबाट प्रशान्त पौडेल र अभिनव केसीले २–२ विकेट लिएका थिए।
जवाफमा CeC Bhaktapur 10.2 ओभरमै 49 रनमै अलआउट भएको थियो ।
एन्जेल्सका प्रशान्त रोकाया, आरुष पाण्डे, र ज्ञानदीप अर्यालले समान २–२ विकेट लिएका थिए। Angels A 83 रनले विजयी हुँदा
Player of the Match: अभिषेक कठायत भए।
Match 2: CEC B vs Kings Cricket Academy
Kings Cricket Academy ले टस जितेर बलिङ रोज्यो।पहिले ब्याटिङ गरेको CEC B 13 ओभरमै 37 रनमा अलआउट भयो।CEC तर्फका सायमन भण्डारीले 10 रन बनाउन सफल भए ।
Kings तर्फ बिराज बिष्ट र अंशुमान थापा ले २–२ विकेट लिँदै CEC B लाई कम स्कोरमै रोकिदिएका थिए ।सजिलो लक्ष्य पछ्याउँदै Kings ले सहजै जित निकाल्यो।ब्याटिङमा शान्तनु बस्नेत 16* र अंशुमान थापा 17* रनमा अविजित रहे।
Kings Cricket Academy 7 विकेटले विजयी हुँदा प्लेयर अफ द म्याच हुन अंशुमान थापा सफल भए ।
Match 3 (Match 4): DAV Academy vs Nexus Cricket Academy
टस जितेर Nexus ले बलिङ रोजेपछि
पहिले ब्याटिङ गरेको DAV Academy ले 108 रनको लक्ष्य सेट गर्यो। कप्तान बिकेश जैसवालले धमाकेदार 70(49) रन* बनाउँदै इनिङ्स सम्हाले।
सफल अधिकारीले सहजै 20 रनको योगदान गरेका थिए ।
Nexus ले लक्ष्य पछ्याउने क्रममा रोहित धामीका 39 रन लगायतका केही योगदान देखा परेता पनि स्पर्धाको अन्तरालमा विकेट गुमाए। DAV तर्फका शरद बिष्टले 2 तथा वेदान्तले 3 विकेट लिए तापनि
अन्त्यमा Nexus टिमलाई 20 रनले पराजित हुनुपऱ्यो। DAV Academy 20 रनले विजयी हुँदा
म्यान अफ दी म्याच बिकेश जैसवाल भए ।
मङ्सिर २५गते बाट एन्जल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको यो प्रतिस्पर्धा १२ वर्ष मुनिका क्रिकेट खेलाडीहरूलाई मात्र सहभागी बनाउने र यसमा १६ वटा टिम सहभागी रहने एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापाले जानकारी दिनुभएको छ। उक्त खेल पुष ५ गतेसम्म चल्नेछ।
अध्यक्ष खिम थापाले अनुसार ग्रासरुटबाटै बालबालिकाहरूलाई क्रिकेट खेलमा अब्बल बनाउँदै लाने एन्जल्स स्पोर्ट्स एकेडेमीको लक्ष्य रहेको पनि प्रष्ट पार्नुभएको छ। यो प्रतिस्पर्धा तारकेश्वर ९ को एन्जल्स स्पोर्ट ऐकेडेमीको आफ्नै ग्राउण्डमा चलिरहेको छ ।