Thursday, April 16, 2026

एभरेस्ट किड्स इङ्लिस स्कुललाई अर्को  सफलता

संयम दैनिक
0 कमेन्टहरु

बागमती प्रदेश  स्तरीय हस्तलेखन प्रतियोगितामा १ लाख ५० हजार प्रतियोगीवाट  एभरेस्ट किड्स इङ्लिस सेकेन्डरी स्कुल नेपालटारकी छात्रा प्रिज्मा कुमारी  शाहले तृतीय स्थान हासिल गरी स्कुल र सिङ्गो तारकेश्वर नगरको गरिमा बढाएकी छिन्।

कसमस एजुकेशनल  ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा उनी आज फाइनल स्पर्धाको  प्रतियोगितामा तृतीय स्थानमा छनोट भएपछि एभरेष्ट किड्स इङ्लिस सेकेन्डरी स्कुल परिवारमा खुसी छाएको छ । स्कूलकी ह्याण्ड राइटिङ शिक्षिका माया गुरुङको  अथक प्रयासलाई   स्कुलका प्राचार्य नारायण पोख्रेलले धन्यवाद दिँदै , सफल विद्यार्थी प्रिज्मालाई  उत्तरोत्तर प्रगतिको लागि स्कुल परिवारको तर्फबाट  शुभकामना समेत व्यक्त गरिएको छ। प्रिज्मा  कुमारी शाहलाई  ५ हजार नगद पुरस्कारसहित मेडल ,  ट्रफी र सर्टिफिकेट  हौसला स्वरूप प्रदान गरिएको  जानकारी प्राचार्य पोख्रेलले  संयम दैनिकलाई  दिनुभएको थियो ।  

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00