तारकेश्वर नगरपालिका – ८ मा शिक्षा क्षेत्रमा स्थापित कौशल इङ्लिस बोर्डिङ स्कुलले एस .ई . ई. – २०८२ उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच विदाई तथा सम्मानको कार्यक्रम आफ्नै स्कुलको सभाहलमा भव्य रुपमा सम्पन्न गरेको छ।

कौशल इङ्लिस बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकी रहनु भएको थियो । कार्यक्रममा विशेष अतिथि संस्कृत विश्वविद्यालय प्रा. डा. नवराज कट्टेल लगायतका शिक्षा प्रेमी / शिक्ष सेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विद्यार्थीहरूको शैक्षिक सफलतामा महत्वपूर्ण योगदान पुर्याउने समर्पित शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। साथै, ४.०० जीपीए हासिल गर्ने उत्कृष्ट विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरियो।

उक्त बधाई तथा सम्मान कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले प्रमुख अतिथिका रूपमाआफ्नो मन्तव्य राख्दै , उतीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै , उहाँले आफ्नो बालबालिका मात्र असल / शिक्षित बनेर देश बन्दैन देश बन्नलाई सबैका बालबालिकाहरू बाटो नबिराएर अगाडि बढ्नुपर्छ भनुभयो । शिक्षा प्रमुख बुढाथोकीले आफ्नो मन्तव्यमा परीक्षाको ४ -जीपीएभन्दा पनि जिन्दगीको ४- जीपीए अझ महत्वपूर्ण हुन्छ भन्ने कुराको संकेत गर्दै, उहाँले विद्यार्थी भाइबहिनीहरूलाई देशको गरिमा राख्न इन्जिनियर ,डाक्टर बनेर राष्ट्रमा सदैव सेवा प्रदान गर्न शुभेच्छा प्रकट गर्नुभएको थियो।

त्यसैगरी कौशल इङ्लिस बोर्डिङ स्कुलका फाउन्डर प्रिन्सिपल शिवप्रसाद अर्यालले विद्यार्थीलाई सम्मान व्यक्त गर्दै, उहाँले उत्तीर्ण विद्यार्थीहरूप्रति संकेत गर्दै आफ्नो मन्तव्यमा जिन्दगीमा अबको दुई वर्ष अझै सचेत भई, सही मार्गमा हिँड्न , खराब साथीको संगतबाट बच्न अझै जीवनका चुनौतीहरू थपिएका छन् भन्नुभएको थियो। प्रिन्सिपल अर्यालले सफल उत्कृष्ट विद्यार्थीहरूलाई अगाडि बढी समग्र राष्ट्रको असल नागरिक बनेर राष्ट्रसेवा गर्न शुभकामना समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि प्राडा नवराज कट्टेलले आफ्नो मन्तव्य राख्दै ,उहाँले संसारभरिका करिब ८० प्रतिशत हाइस्कुलसम्म मिल्दोजुल्दो अध्ययन अध्यापन हुने गरेको सन्दर्भ उल्लेख गर्दै ,उहाँले अध्ययनका चरणलाई बोधमा उतारेर, प्रयोगमा ल्याई व्यावहारिक परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ प्रष्ट पार्दै, प्राडा नवराज कट्टेलले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई आफ्नो विज्ञता लिँदै आफ्नो जीवन समुज्जवल बनाउन शुभेच्छा व्यक्त गर्नुभएको थियो।
जेष्ठ १४ गते सम्पन्न उक्त कार्यक्रममा , स्कुलका भाइस प्रिन्सिपल डा. भरत भण्डारीले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गर्दै , समग्र २०८२ – एसईई उतीर्ण भाइबहिनीहरूलाई अप्ठ्यारो परिस्थितिमा एउटा गुरु हुनुको नाताले आफ्ना विद्यार्थीहरूलाई मार्गदर्शनको लागि स्कुल
परिवारका गुरुवर्ग तयार रहेको विचार व्यक्त गर्दै, भाइस प्रिन्सिपल डाक्टर भण्डारीले उत्तीर्ण विद्यार्थीलाई बाँकी जीवनको पनि सफलताका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।
९४ जना एस . ई .ई .२०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई अभिभावकसहित विद्यालयले विदाई तथा सम्मान व्यक्त गरेको छ। विद्यालयले उक्त कार्यक्रममा ४ -जीपीए ल्याउने ६ जना विद्यार्थीलाई जनही ३० हजारको दरले नगदसहित मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो । ४ – जिपिए ल्याउने विद्यार्थीको तर्फबाट साहारा के .सी. ले अङ्ग्रेजी माध्यमबाट आफ्नो मन्तव्य राख्दै ,उहाँले उत्कृष्ट परिणाम आउनुको श्रेय गुरुवर्ग , आफ्ना अभिभावक तथा सम्पूर्ण स्कुल परिवारका साथै शुभचिन्तकहरुलाई जान्छ भन्नुभएको थियो।

उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीलाई अध्यापन / मार्गदर्शन / हौसला प्रदान गर्ने विषयगत गुरुवर्गहरू पनि स्कुलमा नगदसहित सम्मानित हुनुभएको थियो। स्कुल परिवारले पूर्व घोषणा गरे अनुसार आ-आफ्नो विषयमा ४ – जीपीए प्राप्त गरेका विद्यार्थीको रिजल्टको आधारमा नगदसहित गुरुवर्ग सम्मानित हुनुभएको हो ।
कार्यक्रमको उद्घोषण उदय तामाङले गर्नुभएको उक्त कार्यक्रममा कौशल इङ्लिस बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सम्पूर्ण उपस्थित अतिथिवर्ग तथा एसइइ २०८२ उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूका साथै शुभचिन्तकहरुमा र सिंगो यो उत्कृष्ट नतिजा ल्याउन योगदान दिने, मार्गदर्शन देखाउने , स्कुल परिवारका गुरुवर्गहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै २०८२ एसइइ तथा सम्मान कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्रतिभाशाली विद्यार्थीहरूले विविध सांस्कृतिक महत्व बोकेका नृत्य तथा गीत प्रस्तुत गर्नुभएको थियो।

तारकेश्वर नगरपालिका तथा समग्र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको र गत साल समेत दुईजना विद्यार्थीले ४ – जीपीए ल्याउन सफल भएको उत्कृष्ट यो विद्यालयमा व्यवस्थापन संकायमा १२ कक्षाको परिणाम पनि उत्कृष्ट रहेको सार्वजनिक भइसकेको छ। कौशल इङ्लिस बोर्डिङ स्कुलले इसिए तथा सिसिए कार्यक्रममा विद्यार्थीहरूको रुचि र क्षमता अनुसार उनीहरूलाई अब्बल बनाउँदै लगेको र विभिन्न अन्तरविद्यालय प्रतिस्पर्धामा विद्यार्थी पुरस्कृत हुँदै गरेको सन्दर्भबाट उपस्थित अभिभावकहरू पनि विद्यालय परिवारप्रति सकारात्मक रहेको बुझिएको छ । विद्यालयले वार्षिक शैक्षिक योजना तथा व्यवहारिक परामर्शकको रुपमा आफ्ना विद्यार्थीहरुलाई मार्गदर्शन गरी उत्कृष्ट परिणाम दिन सफल भएको दावी गरेको छ । कौशल इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूलाई विषय र रुचि मिलेमा ११ / १ २ कक्षाको पढाइमा एस.ई.ई -२०८२ मा उत्कृष्ट परिणाम ल्याएका आफ्ना ९४ जना विद्यार्थीहरुलाई आगामी दिनका लागि कौशल इङ्लिश बोर्डिङ स्कुलमा १२ कक्षासम्मको पठनपाठनमा सहभागी हुन आह्वान गर्दै उज्ज्वल भविष्यको कामना समेत गरेको छ ।

