ज्ञानमन्दिर सेकेन्डरी इङ्लिस स्कूलद्वारा -स्पोर्ट्स मीट २०८१ माघ २२ गते भव्य समारोहका बिच उद्घाटन गरी विद्यार्थीहरु स्पर्धा गरिरहेको अवश्थामा माघ २३ गते हामी स्कूल परिसरभित्र पुग्दा ,भाइस प्रिन्सिपल ज्ञानेन्द्र गिरी लगायत विद्यालयका शिक्षकहरुले बालबालिलाई विभिन्न खेलहरुमा सहभागी गराइ रहनुभएको थियो |

हामीले स्कूलका भाइस प्रिन्सिपल ज्ञानेन्द्र गिरीसँग स्पोर्ट्स मीटको औचित्यमाथि प्रश्न गर्दा , उहाँले बालबालिकाको बौद्धिक तथा शारीरिक विकास गर्ने, अनुशासनको सिकाइलाई अभिवृद्धि गर्ने र विद्यार्थीमा जित हार स्वीकार्न सक्ने क्षमताको विकास गर्ने तथा विद्यार्थीको प्रतिभा उजागर गरी उनीहरुको आन्तरिक क्षमताको पहिचान गर्ने उद्देश्यका साथ करिब ८० भन्दा धेरै खेलकुदका प्रकारहरुमा स्कूलका सबै विद्यार्थीहरू आ-आफ्नो उमेर र रुचिअनुसारका सहभागी हुँदै छन् भनुभयो ।

भाइस प्रिन्सिपल गिरीलाई हामीले सोधेको एक प्रश्नको जवाफमा, उहाँले प्रि -प्राइमेरी इभेन्टस् , जुनियर इभेन्टसू , र सिनियर इभेन्टसमा खेलहरुलाई वर्गीकरण गरी सबै बालबालिका आफ्नै स्कूल प्राङ्गण बालाजू हाइटमा माघ २२देखि २५ गतेसम्म खेलहरुमा सहभागी भइरहँदा ज्ञानमन्दिर सेकेण्डरी इङ्लिस स्कूल उत्सवमय भएको छ र विद्यार्थीहरु उत्साहित भएका छन् भनुभयो ।

बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म आफ्नो नियमित तालिका अनुसार विद्यार्थीहरु खेल स्पर्धामा अगाडि बढिरहेको जानकारी प्रिन्सिपल रविन बस्नेतले टेलिफोन मार्फत माघ२४ गते जानकारी दिनुभएको थियो । २४ गते पनि दिनभर विद्यार्थी खेलकुदमा सहभागी भइरहेका र २५ गते सबै खेलहरु बेलुकासम्म सक्नु पर्ने भएकाले भोलि विजेता विद्यार्थीलाई मेडल तथा सर्टिफिकेटले पुरस्कृत गर्न नभ्याइने बेलुका ६ः३० बजे हामीलाई टेलिफोनबाटै जानकारी गराउनुभयो । उहाँले विजेता विद्यार्थीलाई आउँदा दिनमा पुरस्कार वितरण गरिने प्रष्ट पार्नुभयो।

