तारेकेश्वर नगरपालिकाले चैत्र महिनाको पाँचवटै शनिबार बिहान तारेकेश्वर नगरवासीका गुनासाहरु समस्याहरु र सुझावहरू सुनेर नगरवासीसँगै विकाश निर्माणमा अगाडि बढाउन चिया चर्चा कार्यक्रम सुरु गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत चैत २ गते पहिलो शनिबार नगरपालिका प्रमुख कृष्ण हरि महर्जन, १० नम्बर वडा अध्यक्ष कुमार राई, त्यसैगरी २ नम्बर वडा अध्यक्ष राधाकृष्ण खड्कीसँग ४२ जना नगर बासीहरूले आफ्नो गुनासो तथा सल्लाह सुझाव आदान प्रदान गर्नुभएको छ।उक्त कार्यक्रममा बाटोघाटो ,खानेपानी ,,शिक्षा, स्वास्थ्य, सुरक्षा , बालबालिका खोला किनाराको मापदण्ड आदि विषयमा छलफल गरिएको छ। त्यहाँ राखिएका विषयवस्तुलाई मेयर कृष्ण हरि महर्जनले टिपोट गर्न लगाउनु भएको छ ।

नगरवासीहरूले कार्यक्रमले सकारात्मक प्रभाव पार्ने जनताको समस्या जनप्रतिनिधिसम्म पुग्ने विश्वास लिएका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधिले सोधेका प्रश्नहरू मेयर तथा वडा अध्यक्षहरुले जवाफ दिनुभएको थियो । उक्त कार्यक्रममा केही विवादास्पद समस्याहरुलाई समाधानको उपाय जनप्रतिनिधिसँग खोज्ने प्रयास गरिएको थियो । चिया चर्चा कार्यक्रम हरेक शनिबार चैत्र महिनाभरि सधैँ रहनेछ । यो कार्यक्रमलाई मेयर कृष्ण हरि महर्जनले जनताको गुनासो सुन्ने देशमै पहिलो अभ्यास हो भन्नुभएको थियो।
