तारकेश्वर नगर प्याब्सनले पत्रकार सम्मेलन गरी तारकेश्वर प्याब्सन अन्तर्गतका विद्यालयबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।
जेठ १३ गते सम्पन्न कार्यक्रममा , तारकेश्वर नगर प्याब्सनको अतिरिक्त क्रियाकलाप अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको तारकेश्वर नगर प्याब्सन उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग संयोजक नवराज न्यौपानेले पत्रकार सम्मेलनमा आफ्नो विचार प्रष्ट पार्दै , उहाँले व्याडमिन्टन सबै उमेर समूहका खेलाडीले खेल्ने लोकप्रिय खेल हो भन्नुभयो।
नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ५८ नगर प्याब्सनका विद्यालयहरूमध्ये २० विद्यालयले सहभागिता जनाउने जनाइएको छ । उक्त कार्यक्रमका सभाध्यक्ष गोपाल बुढाथोकीले आफ्नो विचार व्यक्त गर्दै, उहाँले विद्यार्थीका सर्वपक्षीय विकासका लागि यस्ता खेलकुदहरू महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
तारकेश्वर नगर प्याब्सनका सचिव झनकराज शर्माले सहजीकरण गरेको उक्त कार्यक्रममा ज्येष्ठ १५ र १६ गते दुई दिन कडा स्पर्धा हुने जनाइएको छ। कुल खर्च ५९,९०० छुट्याइएको कार्यक्रममा ५ क्याटगोरीमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी पुरस्कृत विद्यालयले ट्रफी प्राप्त गर्नेछन् भने खेलाडी विद्यार्थीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । १२ वर्षमुनिका जुनियर र सिनियर छात्र – छात्रा तथा १६ वर्षमुनिका सिनियर छात्र -छात्रा र डबल मिक्स गरी ५ केटगोरीमा स्पर्धा हुने भएको छ।

तारकेश्वरको शान्तिटोल वडा नं ८ को ब्याडमिन्टन क्लब हाउसमा गरिएको पत्रकार सम्मेलनमा १५ र १६ गते व्याडमिन्टन स्पर्धा पनि सोही क्लव हाउसमै हुने जनाइएको छ। कार्यक्रममा सहकोषाध्यक्ष तथा इसीए सदस्य राधाकृष्ण अर्याल लगायत विभिन्न तारकेश्वर नगर प्याब्सनका सदस्य विद्यालयका प्रतिनिधिहरू, खेल प्रशिक्षकहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो।
