Friday, April 17, 2026

तारकेश्वर शैक्षिक मञ्चद्वारा ब्याडमिन्टन प्रतियोगिताको फाइनल स्पर्धा तथा पुरस्कार वितरण 

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर शैक्षिक मञ्चको  आयोजनामा तारकेश्वरको शान्ति टोल -८ व्याडमिन्टन क्लब हाउसमा, आपना सदस्य  विद्यालयका बीचमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको   छ।


   जेठ ९ गते सुरु भएको प्रतियोगितामा तारकेश्वर शैक्षिक मञ्चका २७ विद्यालयहरूमध्ये १ ४ वटा विद्यालयले सहभागिता जनाएको आयोजक मञ्चद्वारा जनाइएको छ।  तारकेश्वरको शान्तिटोल ब्याडमिन्टन क्लबमा जेठ ९ गतेदेखि सुरु गरिएको कार्यक्रम जेष्ठ ११ गते फाइनल प्रतिस्पर्धापछि कार्यक्रमको परिणाम प्रकाशित गरिएको छ। उक्त कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चका वरिष्ठ उपाध्यक्ष अवसर पौडेल सभाध्यक्ष रहनुभएको  थियो।  कार्यक्रमका  सभाध्यक्ष पौडेलले आफ्नो मन्तव्यमा उहाँले उपस्थित सबैलाई स्वागत गर्दै अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई अझ सशक्त बनाउँदैअगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो। त्यसैगरी तारकेश्वर  प्याब्सनका उपाध्यक्ष तथा  तारकेश्वर शैक्षिक मञ्चका प्रमुख सल्लाहकार नवराज न्यौपानेले शुभकामना मन्तव्य  दिँदै  उहाँले प्रतियोगी विद्यार्थी खेलाडीहरूलाई हौसला प्रदान गर्नुभएको थियो । उहाँले  तारकेश्वर शैक्षिक मञ्चले बालबालिकाको क्षमता र प्रतिभा अनुसार उनीहरूलाई अवसर प्रदान गर्दै अगाडि बढाएको  विचार  प्रष्ट पार्नुभएको थियो।


जेष्ठ ११ गते फाइनल चरणको पाँचवटा क्याटगोरीमा खेलाइएको ब्याडमिन्टन प्रतियोगितामा,  सिनियर छात्रातर्फ रोजमेरी आइडल   प्रथम , स्प्रिङ  भ्याली द्वितीय , माउण्ट लार्के  र गोलढुङ्गा अर्किड एकेडेमी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। त्यसैगरी अर्को जुनियर छात्रा तर्फ  स्प्रिङ भ्याली प्रथम, जीवन ज्योति द्वितीय, नर्थपोल  र जेनिएल मोडर्न एकेडेमी तृतीय स्थानमा परेका   छन्।

अर्कातिर जुनियर ब्वाइज तर्फ जीवन ज्योति प्रथम नर्थ पोल द्वितीय, तेस्रो स्थानमा नर्थ स्टार र गोल्ढुङ्गा अर्किड सुरक्षित भएका छन्। सिनियर ब्वाइजतर्फ भने रोजमेरीआइडल प्रथम, काठमाडौँ शिक्षालाई द्वितीय, स्प्रिङ भ्याली र आगमन एकेडेमी  विद्यालय  तेस्रो स्थानमा सुरक्षित  भएका छन्।
ब्याडमिन्टनको मिक्स डबल प्रतियोगितामा पहिलो रोजमेरी आइडल , दोस्रो काठमाडौँ शिक्षालय  तथा तेस्रो स्थानमा  स्प्रिङ भ्याली र  नर्थ पोल एकेडेमी विजयी विद्यालयमा  परेका   छन्।कार्यक्रममा खेलाडी विद्यार्थीहरूलाई पुरस्कार स्वरूप अतिथिहरूबाट शिल्ड , मेडल तथा  प्रमाणपत्रले   पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा जुनियर विद्यार्थीहरूमा १२ वर्षमुनिका र सिनियर विद्यार्थीहरूमा १६ वर्ष मुनिका विद्यार्थीहरूलाई भाग लिनेअवसर प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण तारकेश्वर शैक्षिक मञ्चका सचिव उत्तम पण्डितले गर्नुभएको थियो भने तारकेश्वर शैक्षिक मञ्चका इ .सी .  ए .कोर्डिनेटर नारायण पोख्रेल,  कोषाध्यक्ष वेदराज घिमिरे , सहकोषाध्यक्ष श्याम कृष्ण भेटुवाल , सल्लाहकार राधाकृष्ण अर्याललगायत  तारकेश्वर शैक्षिक मञ्चका पदाधिकारीहरु तथा शैक्षिक मञ्चका सदस्य विद्यालयहरूका प्रिन्सिपल, शिक्षक ,विद्यार्थी –  खेलाडीहरू तथा खेल प्रशिक्षकहरुको  साथै खेलप्रेमी व्यक्तिहरूको सहभागिता थियो। 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00