तारकेश्वर – ६ , जरङकुमा रहेको नर्थ भ्याली मन्टेश्वरी स्कुलद्वारा एक समारोहकाबीच प्री – स्कुल दीक्षान्त समारोह तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरिएको छ।

प्रमुख अतिथि , स्कुलका सी . इ.ओ , संस्थापक फाउन्डर तथा स्कुल प्रिन्सिपलले उद्घाटन गरेको उक्त कार्यक्रममा उपस्थित अभिभावक तथा पाहुनाहरूलाई स्वागत मन्तव्य दिँदै, स्कुलकी प्रिन्सिपल सरिता बिन्दुकारले स्कुलको गतिविधि तथा स्कुलले गर्न सक्ने भावी योजना परियोजनाको बारेमा प्रष्ट पार्नुभएको थियो। , उहाँले बालबालिकालाई कसरी बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिन सकिन्छ र उनीहरूको शिक्षामा कसरी भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने कुरामा स्कुलले जोड दिएको प्रिन्सिपल विन्दुकारले प्रष्ट पार्नु भएको थियो ।

स्कुलका संस्थापक अध्यक्ष सानु बाबु बिन्दुकार सभापति रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ कै वडा अध्यक्ष घनश्याम श्रेष्ठ रहनुभएको थियो । अतिथि श्रेष्ठले आफ्नो मन्तव्यमा स्कुलले तारकेश्वरमा एउटा छुट्टै छाप छोडेको र यस विद्यालयबाट उत्पादित विद्यार्थीहरुले राष्ट्रमा योगदान दिइरहेको सन्दर्भ उल्लेख गर्नुभएको थियो। उहाँले विद्यालय अझै अगाडि बढ्दै जाने र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान लगातार दिने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो।
सबनम श्रेष्ठले सहजीकरण गरेको उक्त कार्यक्रममा अर्को आकर्षण बालबालिकालाई दीक्षान्त सर्टिफिकेट तथा मेडल प्रदान गरेर संस्थापक अध्यक्ष तथा अतिथि गणवाट हौसला प्रदान गरिएको थियो।

चैत्र २३ गते सम्पन्न कार्यक्रममा , स्कुलका भाइस प्रिन्सिपल अनिल बिन्दुकारले आफ्नो मन्तव्य राख्दै उहाँले स्कुलले सदैव अभिभावकहरूप्रति सम्मान व्यक्त गर्दछ र यस्ता कार्यक्रममा अभिभावकहरूको उपस्थिति हुँदा हामी स्कुलको तर्फबाट पनि खुसी हुने गर्दछौँ भन्नुभयो । उहाँले आफ्नो मन्तव्यमा यस्ता कार्यक्रमवाट विद्यार्थी- अभिभावकका समस्या र स्कुलका धारणा बीचको दोहोरो सञ्चार हुन सक्ने विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सानासाना बालबालिकाले स्वागत नृत्य स्वागत गीत र विभिन्न किसिमका गीत संगीतका कार्यक्रम र नृत्यहरुलेअभिभावकहरूको ध्यान खिचिरहेका थिए । जसलेगर्दा प्रि -स्कुल दीक्षान्त समारोह तथा वार्षिक उत्सव समारोह कार्यक्रम उत्सवमय भएको थियो ।

नर्थ भ्याली इङ्लिस स्कुलको छोटो परिचय
नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुल काठमाडौँको उत्तरी भेगको पुरानो निजी स्कुल हो। २०४५ सालमा स्थापना भएको यो स्कुलले आजसम्म शिक्षा क्षेत्रमा लगातार सेवा प्रदान गर्दै आइरहेको छ। समाजसेवी ,संस्थापक फाउन्डर – अध्यक्ष सानुबाबु बिन्दुकारले शिक्षा क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले निजी क्षेत्रको तर्फबाट यो स्कुल स्थापना गरेदेखि डक्टर , इन्जिनियर ,पाइलटहरू उत्पादन गरिसकेको छ। स्कुलले आफ्नै प्राङ्गणमा भौतिक पूर्वाधार सम्पन्न भवनहरू, खुल्ला खेलमैदान तथा फुट्सलको व्यवस्था गरेर एकातिर अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिइरहेको छ भने अर्कोतिर शिक्षामा गुणस्तरीय शिक्षा र आजको युग अनुसार प्रतिस्पर्धा गर्न सक्ने रोबोटिक्स अध्यापन, ह्याण्डिक्राफ्ट ,कम्प्युटर ल्याब जस्ता विषय र क्षेत्रमा पहुँच दिएर विद्यार्थीमा व्यावहारिक तथा जीवन उपयोगी शिक्षामा जोड दिइरहेको स्कुलकी प्रिन्सिपल सरिता बिन्दुकारले संयम दैनिकलाई बताउनु भएको छ। उहाँले अब आउँदा दिनमा ११ – १२ कक्षासम्म विद्यालय सञ्चालन गर्ने उद्देश्यका साथ काम गरिरहेको सन्दर्भ समेत बताउनुभयो।
नर्थ भ्याली इंग्लिस बोर्डिङ स्कुलले वर्षेनी हुने एस. इ .इ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने बि.एल.इ.मापनि उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल साबित गरिसकेको छ। त्यसैगरीअतिरिक्त क्रियाकलापमा यहाँका विद्यार्थीहरूले तारकेश्वर नगरभित्र अथवा प्रदेश स्तरीय क्रियाकलापमा सयौँ पुरस्कार जितेर आफ्नो एउटा छुट्टै पहिचान र अस्तित्व कायम गरिसकेका छन्। यो तारकेश्वरको मात्र नभई सिङ्गो राष्ट्रकै एक महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा पहिचान बनाइसकेको पुरानो निजी विद्यालयको रूपमा स्थापित भइसकेको विद्यालय हो ।

