Monday, September 14, 2026

प्याब्सन कप यू–१६ फुटसलमा विद्यालयका खेलाडीबीच प्रतिस्पर्धा सुरु

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं । प्याब्सन कप–२०८३ अन्तर्गत यू–१६ अन्तरविद्यालय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु भएको छ। कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुलको फुटसल मैदानमा भदौ २४ गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको हो।भदौ २७ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी छन्। प्याब्सन काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला समितिको आयोजनामा भइरहेको प्रतियोगितामा काञ्जिरोवा नेसनल स्कुलले सहकार्य गरेको छ भने व्यवस्थापकीय जिम्मेवारी प्रोग्रेसिभ एजुकेशनल फोरम (पीईएफ) ले लिएको छ।विद्यालय तहका फुटसल खेलका प्रतिभालाई खेल्ने र आफ्नो क्षमता देखाउने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले प्रष्ट पारेको छ।

प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र समूहमा काम गर्ने विश्वासको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।प्रतियोगिताको उद्घाटन प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष दीपक गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो। जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा काञ्जिरोवा नेसनल स्कुलका कार्यकारी निर्देशक महेन्द्र खनालले स्वागत गरेका थिए।प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि छुट्टाछुट्टै सम्मान गरिने आयोजकले जनाएको छ।कार्यक्रममा जिल्ला केन्द्र तथा पालिका स्तरीय प्याब्सन प्रतिनिधिहरू लगायत विभिन्न खेलप्रेमी व्यक्तित्वहरू ,विद्यार्थीहरू ,खेल प्रशिक्षकहरू ,प्रतियोगी खेलाडीहरूका साथै विद्यालयका शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00