बागमती प्रदेश स्तरीय हस्तलेखन प्रतियोगितामा १ लाख ५० हजार प्रतियोगीवाट नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुलकी छात्रा स्नेहा भण्डारीले ह्याण्ड राइटिङ बेस्ट अवार्ड जित्न सफल भएकी छिन्। उनी विजयी भएपछि प्रिन्सिपल तथा भाइस प्रिन्सिपलले बधाई दिँदै उनलाई अगाडि बढ़न हौसला दिनुभएको छ।

कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा फाइनल स्पर्धाको छनोटमा नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुलाकी स्नेहा भन्डारीले बेस्ट अवार्ड ह्याण्ड राइटिङ जित्न सफल भएकी हुन् । स्कूलबाट पाएको सूचना अनुसार उनी पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापहरु जस्तो साहित्य र गायनमा पनि अब्बल छिन्। स्कूलका भाइस प्रिन्सिपल अनिल विनदुकारले संयम दैनिकलाई भने अनुसार उनी टि . इ. एफ . द्वारा आयोजना गरिएको अङ्ग्रेजी हस्त लेखनमा प्रथम स्थान र टि इ एफ द्वारा आयोजित निबन्ध लेखन कार्यक्रममा तृतीय स्थानमा पुरस्कृत पहिले नै भइसकेकी छिन् ।