तारकेश्वर नगरको वडा नम्बर ४ पुरानो गुहेश्वरीमा अवश्थित सृजना ज्ञानसागर माध्यमिक विद्यालयको आयोजनामा आफ्नै स्कुल परिवारका विद्यार्थीहरूबीच विद्यालय प्राङ्गनभित्र श्रीमद्भागवत गीता वाचन तथा प्रतियोगिताका साथै विद्यार्थी सम्मान कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त कार्यक्रमको सभाध्यक्ष समेत लोकनाथ दाहाल रहेको समारोहमा प्रमुख अतिथि डाक्टर केशवानन्द स्वामी रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथि कोषराज न्यौपाने तथा अतिथिहरू दामोदर प्रसाद अर्याल र एकराज गजुरेल – योगगुरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक बिदुर फुयालले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य राख्नुभएको उक्त कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका १७ जना विद्यार्थीहरूबाट रोशना कोइराला प्रथम स्थान, योगजंग श्रेष्ठ द्वितीय ,जेनिन प्रताप थापा तथा कुशल पौडेल तृतीय , प्रश्वल तामाङ चतुर्थका साथै श्रेजल अर्याल पाँचौं स्थान प्राप्त गर्न सफल भएका थिए। त्यसैगरी अर्को कक्षा पाँचको समूहबाट १४ जना प्रतियोगीहरूमा पहिलो स्थान नित्या दाहाल , दोस्रो श्रेयान थापा,, तेस्रो नयन आचार्य, चौथोमा सुप्रभ भट्टराई तथा पाँचौ स्थानमा निश्मा उप्रेती प्रतियोगिता जित्न सफल भए । प्रतियोगिताको निर्णायकमा स. प्रा . रमा भट्टराई रहनुभएको थियो ।
सृजना ज्ञानसागर विद्यालयका प्राचार्य राजेन्द्र फुयालले सहभागी विद्यार्थी तथा विजयी विद्यार्थीहरूलाई धन्यवादका साथै अतिथि वर्गमा आभार व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि तथा अतिथिगणबाट प्रतियोगिता विजयी विद्यार्थीहरूले नगद तथा प्रशंसापत्र प्राप्त गरेका थिए।
पुष २५ गते सम्पन्न उक्त प्रतियोगिताको सहजीकरण विद्यालय इन्चार्ज पूर्ण प्रसाद काफ्लेले गर्नुभएको थियो भनेआधारभूत तह संयोजक जनार्दन अर्यालले व्यवस्थापकीय भूमिका निभाउनु भएको थियो । कार्यक्रममा अप्रतियोगी १७ जना विद्यार्थीहरूले पनि हौसला स्वरूप प्रमाणपत्र प्राप्त गरेका थिए।कार्यक्रम समापन गर्दै सभाध्यक्ष लोकनाथ दाहालले नैतिकता, चरित्र खडेरी परेको अवस्थामा श्रीमद्भागवत गीता वाचन तथा प्रतियोगिता जस्ता कार्यक्रमले समाजलाई नैतिक बनाउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा श्रीमद्भागवत गीता सृजना ज्ञानसागर विद्यालयमा अध्यापन गराइरहनुभएका गुरु विदुर फुयालले आफ्नो व्यक्तिगततर्फबाट रु ५ हजारको नगद पुरस्कार वर्षेनी प्रदान गर्दै आउनु भएको छ। यो पृथक प्रतियोगिता सृजना ज्ञानसागर मा . वि . ले हरेक वर्ष आयोजना गर्दै आएको छ । सृजना ज्ञानसागर मा.वि. काठमाडौँको उत्तरी भेगमा रहेको आइ . एस. ओ . मान्यता प्राप्त एक स्थापित पुरानो निजी विद्यालयको रूपमा परिचित छ ।
