Friday, April 17, 2026

हिमरश्मि हाईस्कुलमा २५औँ अभिभावक दिवसमा सांस्कृतिक विशेष कार्यक्रमको रमाइलो

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर -९ स्थित हिमरश्मि हाइस्कुलले प्याव्सन केन्द्रका महासचिव आर .बि .कटुवालको प्रमुख आतिथ्यता तथा स्कुल व्यवस्थापन समितिका अध्यक्ष तीर्थ गुरुङको सभाध्यक्षतामा २५ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

प्रमुखअतिथि आरबी कटुवालले आफ्नो मन्तव्य राख्दै शिक्षामा निजी विद्यालयले योगदान दिएका छन् भन्नुभयो । प्रमुख अतिथिले व्यवहारिक तथा संस्कारयुक्त ,शिक्षा प्रदान गर्न संस्थागत विद्यालयहरु लागि परेको धारणा व्यक्त गर्दै हिमरश्मि स्कुलले शिक्षाको गुणस्तर वृद्धि गर्दै निरन्तर अगाडि बढेकोमा खुशी व्यक्त गर्नुभयो ।

तारकेश्वर नगरशिक्षा प्रमुख सुदिनराज बुढाथोकीले आफ्नो धारणा व्यक्त गर्दै उहाँले अभिभावक शिक्षक मिलेर नै विद्यार्थीहरूलाईअसल बनाउन सकिने विचार व्यक्त गर्नुभएको थियो। प्रा . श्यामकृष्ण विष्टले आफ्नो मन्तव्यमा बालबालिकाको सृजनशीलतालाई सम्मान तथा हौसला प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

संस्थापक प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले आपनो मन्तव्य राख्दै , उहाँले विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको प्रष्ट पार्दै ,उहाँले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।

banner

कार्यक्रममा साना साना बालबालिकाले रचना गरेका बालकथाहरूको विमोचन गरिएको थियो। तीन
विद्यार्थी लेखकहरुका कृतिहरुमा सारिका थापाको ‘पुतलीको चिहान ‘ सुजाता आचार्यको ‘ बोल्ने पुस्तक ‘ आयुष खत्रीको ‘मङ्गलग्रहमा कबड्डी ‘ नामक कथाहरू विशिष्ट अतिथिद्धारा विमोचन गरिए।

फागुन २ गते हिमरश्मि स्कुल परिसरमा दिनभर साना साना बालबालिकाले आफूमा रहेको क्षमता प्रदर्शन गरी ,अभिभावकलाई स्वागत गर्दै स्वागत गीत ,राष्ट्रिय गीत ,विभिन्न जातजातिका मौलिक पहिरनमा सांस्कृतिक गीत -नृत्य, कविता, नाटक, खेलकुदका कार्यक्रमहरूको माध्यमबाटआफ्नो अब्बल प्रतिभा प्रस्तुत गरी मनोरंजन प्रदान गरेका थिए ।

एमपी अम्गाईँ सरले सञ्चालन गरेको कार्यक्रममा ,
विद्यालय कोर्डिनेटर लक्ष्मण पाण्डेले उपस्थित पाहुनाहरूलाई स्वागत गर्नुभएको थियो।कार्यक्रममा प्राध्यापक श्यामकृष्ण बिष्ट, प्याब्सन केंद्रीय उपाध्यक्ष थकिन कुमार गुरुङ , हिसान तारकेश्वरका उपाध्यक्ष शिवप्रसाद अर्याल ,समाजसेवी ध्रुवराज खड्का, प्याब्सन बागमती प्रदेश सदस्य राजेन्द्र प्रसाद फुयाल, काठमाडौँ जिल्ला उपाध्यक्ष सुदर्शन थापा , प्याब्सन महानगर उपाध्यक्ष रविन बस्नेत लगायत शैक्षिक ,सामाजिक संघ संस्थाका पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो ।

२५ औँ अभिभावक दिवस मनाइरहँदा हिमारश्मी हाई स्कुलले विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको जनाएको छ ।आफ्नो विद्यालयबाट हुर्किपढेका विद्यार्थीहरू देशविदेशका उच्च पदमा रहेर काम गरिरहेकोमा खुसी व्यक्त गरेको छ।विद्यालयलाई अगाडि बढाउन स्थाई पूर्वाधार निर्माण भइरहेको विद्यालय परिवारले सञ्चारकर्मीहरूलाई प्रष्ट पारेको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00