Thursday, April 16, 2026

हिसान तारकेश्वरको छात्र – छात्राको भलिबल प्रतियोगिताको उद्घाटन एन्जल हार्ट्स सेकेण्डरी स्कुलको संयोजनमा सम्पन्न : स्पर्धाको समापन पर्सि गरिने

संयम दैनिक
0 कमेन्टहरु

हिसान तारकेश्वरको आयोजना तथा एन्जल्स हार्ट सेकेन्डरी स्कुलको संयोजनमा छात्र – छात्रा भलिबल प्रतियोगिताको हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनको सभाध्यक्षतामा तथा हिसान बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवको प्रमुख आतिथ्यतामा , खेलाडीहरूलाई प्रमुख अतिथिको हातबाट भलिबल हस्तान्तरण गरी हिसान तारकेश्वरका पदाधिकारीहरू , खेलाडीहरु खेल प्रशिक्षक, विद्यार्थी तथा समस्त खेलप्रेमी जनसमुदायको उपस्थितिमा एक समारोहका बीच उद्घाटन गरिएको छ।

तारकेश्वर हिसानका इसीए प्रमुख राजेश रायमाझीले उपस्थित प्रमुख अतिथि लगायत खेलाडी, प्रशिक्षक सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो भने हिसान बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवले शिक्षा र खेलकुदलाई जोडेर नै नेपालको शिक्षा तथा खेलकुद मन्त्रालय बनेको संकेत गर्दै शिक्षालाई खेलकुदसँग अलग राख्न नसकिने धारणा व्यक्त गर्नुभएको थियो। अतिथि यादवले सबै खेलाडीहरूलाई विजयको शुभकामना दिँदै हिसान तारकेश्वरले शिक्षा र खेलकुदलाई साथसाथै लगेर समग्र हिसान संगठनकै गरिमा बढाएको प्रष्ट पार्नुभएको थियो ।

वार्षिक सेड्युलमा राखेर हिसान तारकेश्वरले विविध किसिमका अतिरिक्त क्रियाकलापहरू गर्दै आएको जसमध्ये छात्र -छात्रा तारकेश्वर हिसान भलिबल प्रतियोगितामा तारकेश्वर भित्रका ११ र १२ कक्षा पढ्ने छात्रबाट ६ वटा टिम छात्राबाट छ वटा टिम सहभागी हुँदैछन्। विभिन्न११ /१२ का विद्यालयको प्रतिनिधित्व गरी आएका खेलाडीहरूबाट प्रथम र द्वितीय हुने टिमले नगद पुरस्कार क्रमश ७ हजार र ५ हजार सहित , ट्रफी ,मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिने जनाइएको छ। स्पर्धाको समापन पर्सी गरिने तारकेश्वर हिसान अध्यक्ष लिल बहादुर पुनद्वारा जनाइएको छ।

माघ २८ गते हिसान तारकेश्वरका सचिव कमल प्रसाद ज्ञवालीले सहजीकरण गरेको उक्त कार्यक्रममा एन्जल्स हार्ट्स स्कुलका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकी, एन्जल्स हार्ट स्कुलका सञ्चालक समितिका उपाध्यक्ष यम बहादुर छन्त्याल तथा संयोजक स्कुलका कर्मचारीहरु एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक थापा लगायत विभिन्न विद्यालयका खेल प्रशिक्षक, शिक्षक – विद्यार्थी एवं खेलप्रेमी जनसमुदायको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा एन्जल्स् हार्ट स्कुलका प्रतिभाशाली विद्यार्थीले अतिथिहरूलाई नृत्य प्रस्तुत गरेर मनोरंजन प्रदान गरेका थिए ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00