Thursday, April 16, 2026

तारकेश्वर नगरपालिकाको १७ औँ नगरसभा सम्पन्न :  नीति तथा कार्यक्रममा खानेपानी , शिक्षा ,स्वास्थ्य, कृषि  र पर्यटन विकासमा जोड

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँको उत्तरी भेगमा रहेको तारकेश्वर नगरपालिकाले२०८२ / ० ८३ को लागि वार्षिक नीति तथा कार्यक्रमकासाथै आय – व्यय बजेट १७ औँ नगर सभा समारोहका बीच आफ्नै सभा कक्षमा प्रस्तुत गरी  सम्पन्न गरेको छ ।


तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरी महर्जन सभाध्यक्ष रहेको  उक्त कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्यले स्वागत मन्तव्य राख्दै नगरवासीलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष बिदुर सापकोटा, वडा नम्बर ३ का वडा अध्यक्ष परशुराम अर्यालले उपस्थित सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो। त्यसैगरी शुभकामना मन्तव्य दिनेमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले सीमित साधन स्रोतका बावजुद छोटो समयभित्र पनि नगरपालिकाले महत्वपूर्ण कामहरू गरेको धारणा व्यक्त गर्नुभएको थियो।

असार  १० गतेको   नगर सभा   कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले २०८२ / ०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले आफ्नो प्रस्तुतिमा ३० पृष्ठमा तयार गरिएको नीति तथा कार्यक्रममा खानेपानी , शिक्षा, स्वास्थ्य, बौद्धिक ज्ञानसिपको उपयोग,  सुरक्षित नगर, राजस्व , प्रशासन नीति , जेष्ठ नागरिक सम्मान, खेलकुदको  विकास जस्ता विभिन्न विषयमा  महत्त्वपूर्ण नीति तथा  कार्यक्रम रहेको जनाउनुभएको छ।

त्यसैगरी मेयर कृष्ण हरि महर्जनले तारकेश्वर नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिमा जोड दिनुभएको छ।उहाँले सूचना प्रविधि, धर्म, संस्कृति तथा पर्यटन ,वातावरण तथा फोहोर मैला  व्यवस्थापन ,तारकेश्वर न्यायिक कल सेन्टर ,सामाजिक समावेशीकरण , सुरक्षा तथा कल्याणकारी नीति , संस्थागत सेवा प्रवाह तथा सुशासनका नीति   तथा कार्यक्रमले तारकेश्वर नगरपालिकाको २०८२ / o ८३ को वार्षिक कार्यक्रमलाई सर्वपक्ष र नगरवासीहरूको हित र नगर  विकासका  लागि गुणस्तरीय नीति तथा कार्यक्रमको रूपमा प्रष्ट  गर्नुभएको छ।  उहाँले स्थानीय मदिरालाई ब्रान्डिङ गरेर बेचविखन गर्न सकिने नीति तथा कार्यक्रम  रहेको प्रष्ट पार्नुभएको छ ।

उपप्रमुख सृजना  बुर्लाकोटी अर्यालले,  नगर प्रमुख कृष्णहरि महर्जनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्थापन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्नुभएको थियो।उपप्रमुख बुर्लाकोटीले संघ,  प्रदेश र पालिकाको आन्तरिक स्रोत समेत गरी जम्मा रु २ अर्ब ८० करोड ७३ लाख ७० हजार रकम प्राप्त हुने  र  पुँजीगत तर्फ १ अर्ब८२ करोड, ४७ लाख ९१ हजार र चालुतर्फ ९८ करोड २५ लाख ७९ हजार मात्र खर्च  हुने अनुमान गरी बजेट निर्माण गरिएको प्रष्ट पार्नुभएको छ।

तारकेश्वर नगर प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष श्री राधाकृष्ण खड्गीले सहजीकरण गरेको उक्त कार्यक्रममा  ११ वटै वडाका वडा अध्यक्षज्यूहरू, सबै  कार्यपालिका सदस्यहरू, तारकेश्वर नगरपालिकाका विभागीय प्रमुख कर्मचारीहरू, सम्पूर्ण नगरसभा सदस्यहरु , त्यसैगरी सम्पूर्ण तारकेश्वर नगरपालिकाका नगर प्रहरी ,  कर्मचारीहरु,  नगरपालिकाको समृद्धि र विकासमा  जोडिनुभएका सम्मानित व्यक्तित्वहरू तथा सामाजिक रूपले प्रतिष्ठित गन्ने मान्ने महानुभावहरू र नगरवासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00