प्याब्सन, एन प्याब्सन , हिसान तथा अपेन निजी विद्यालय संगठनहरुले तारकेश्वरको शेषमतीमा प्रस्तावित शिक्षा विधेयकको विरोधमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
तारकेश्वर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीले सभाध्यक्षता गरेको कार्यक्रममा निजी विद्यालय संगठनका पदाधिकारीहरूले शिक्षा विधेयकमा रहेका असहमतिका बुँदाहरूमा आआफ्नो धारणा राख्नुभएको थियो।
तारकेश्वर एन प्याब्सनका अध्यक्ष गोविन्द भट्टले शुभकामना मन्तव्य दिँदै, उहाँले शिक्षा विधेयकमा गैरनाफामूलक राख्नु , हास्यास्पद र अन्तर्राष्ट्रिय सिद्धान्त विपरीत रहेको प्रष्ट पार्नुभएको थियो । उहाँले कम्पनीहरू गैरनाफामूलक हुनै नसक्ने स्पष्ट पार्नुभएको थियो । त्यसैगरी एन प्याब्सन तारकेश्वरका अध्यक्ष भट्टले , पूर्ण छात्रवृत्तिको अभिप्राय स्कुल शिक्षा सामग्रीका सम्पूर्ण साधनहरू दिन नसकिने बताउनु भएको थियो ।
भदौ २२ गतेको अन्तरक्रियामा आफ्नो धारणा राख्दै, हिसान उपाध्यक्ष शिवप्रसाद अर्यालले २०८० भाद्र २७ गते शिक्षामन्त्री अशोक राईले ल्याएको शिक्षा विधेयकको उसैबेला विरोध भइसकेको बताउनु भयो। अशोक राई शिक्षा मन्त्री भएको पालामा ल्याइएको १०४ पृष्ठ लामो शिक्षा विधेयकलाई ५२ पृष्ठमा बनाइएको धारणा व्यक्त गर्नुभएको थियो। उहाँले मन्तव्यमा यो प्रस्तावित विधेयक लागु भएमा स्कुल संचालकहरुले ब्रिफकेश बोकेर विदेशको यात्रा गर्नु बाहेक विकल्प नरहेको विचार राख्दै ,उहाँले १५% पूर्ण छात्रवृत्ति भनेको २५% समग्रमा हुन आउने विचार व्यक्त गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा मध्यम खालका सबै विद्यालय गैरनाफामूलक भन्ने बुँदाले बन्द हुने सम्भावनामा रहेको विचार प्रष्ट पार्नुभयो।
काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनले आफ्नो मन्तव्यमा प्रस्तावित शिक्षा विधेयकले निजी विद्यालय सञ्चालकको घाँटी रेटने काम गर्ने गरेको ठहर गर्नुभएको थियो । त्यसैगरी उहाँले विधेयक निर्माण समितितर्फ व्यङ्ग्य गर्दै हाम्रो ट्याक्स खाएर निजी विद्यालयको आवश्यकता औचित्य नबुझ्नेहरुप्रति सङ्केत गर्दै , उहाँले यो देश चलाउन प्रिन्सिपलहरुबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने धारणा राख्नुभएको थियो। यो विधेयकको निजी विद्यालय ध्वस्त पार्ने बुँदाहरू बुझाउन दुई वर्ष लागे पनि लगातार विरोध गर्नुपर्ने ,बरु जेल गएर जेलमा किताब लेखेर बस्ने तर विदेश नजाने संकल्प गर्नुपर्छ भन्ने विचार राख्नुभयो ।
प्याब्सनका केन्द्रीय सदस्य लोकेन्द्र बहादुर खड्काले २०७२ सालको संविधानमा शिक्षा र स्वास्थ्य निशुल्क उल्लेख गरेका कारण केही काकताली परेर सांसद -मन्त्री भएकाहरु लोकप्रिय हुन खोज्दा निजी विद्यालय मैत्री शिक्षा विधेयक नआएको अवधारणा राख्नुभयो । सुरुमा यति पेचिला विषय नभयता पनि पूर्ण छात्रवृति र गैर नाफाफामूलक बनाउँदै जाने जस्ता बुँदाहरु पछि समावेशमा आएको कारण समग्र निजी विद्यालय उलझनमा परेको सन्दर्भ औल्याउनु भएको थियो ।
सभाध्यक्ष गोपाल बुढाथोकीले २०५८ सालमा आफै कम्पनी ऐनमा दर्ता गराउने पछि आएर गैरनाफामूलक बनाउ भन्ने कस्तो विधेयक र निती हो भनी प्रतिप्रश्न गर्नुभयो। २४ र २५ गते सबै काठमाडौँ केन्द्रित शान्तिपूर्ण विरोधमाअनिवार्य उपस्थित हुन अनुरोध गर्नुभएको थियो । देशको ३४% शिक्षामा योगदान दिएको क्षेत्रलाई राज्यले गरेको व्यवहारले निजी विद्यालयका संचालक गर या मरको अवस्थामा आइपुगेको विचार समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण तारकेश्वर प्याब्सनका सचिव झनक राज शर्मा र एन प्याब्सनका सचिव अमृत भण्डारीले गर्नुभएको थियो