Friday, April 17, 2026

नेपाली कांग्रेश बागमती प्रदेशको कार्यसमितिको १४ औँ बैठक सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

नेपालि काग्रेस बागमति प्रदेश , प्रदेश कार्यसमितिको आज मिति २०८२ साल मंसिर २८ गते १४ औं बैठक बसी नेपालि काग्रेस केन्द्रीय कार्यलयको परिपत्र वमोजिम १५ औ महाधिबेशन २०८२ पौष २६,२७,२८ गतेको तालिकाको  क्रियाशिल सदस्य सम्बन्धमा र आगामी राष्ट्रिय सभा, प्रतिनिधि सभा ( प्रत्यक्ष र समानुपातिक) निर्वाचनको लागि  उम्मेदवार सिफारिस सम्बन्धमा छलफल गर्ने उद्देश्यका साथ बैठक बसेको थियो । उक्त बैठकमा काठमाडौ जिल्ला कार्यसमितिका सभापति श्री कृष्ण सबुज बानिया ज्युले काठमाडौ क्षेत्र नं ६ को सिफारिस सम्बन्धमा प्रत्यक्षमा आफ्नो नामसहित क्षेत्रीय कार्यसमितिले समग्रमा २१ जनाको नाम सिफारिस भएर गरिएकोमा  जिल्ला कार्यसमितिले सोहीअनुसार सिफारिस पेस गरिएको जानकारी गराउनुभयो। साथै  क्रियाशिल सदस्य सम्बन्धमा काठमाडौं दस क्षेत्रमध्य पाच क्षेत्रको क्रियाशिल सदस्य नबिकरण फाराम उपलब्ध भएको र पाच क्षेत्रको आउने प्रक्रियामा रहेको भनी आफ्नो धारणा राख्नुभयो।सहमति सहकार्य र बिबादरहित किसिमले अघि बढ्ने आजको आवश्यकता हो यसरी सबै मिलेर गए एकबद्ध रुपले अगाडि बढ्न सकिने समग्र कांग्रेस पार्टीलाई पनि बलियो बनाउन सकिने  प्रष्ट धारणा उहाँले  राख्नु भएको थियो ।

नेपाली कांग्रेसका नेता तथा  वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको आतिथ्य र उपस्थिति रहेको  उक्त बैठक वानेश्वरको आनन्द भूमि थापागाउँमा सम्पन्न भएको सन्दर्भ  वागमती प्रदेश कार्य सम्पादन समिति सदस्य इन्द्रमान महर्जनले संयम दैनिकलाई  प्रष्ट पार्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00